Close This

मधेशमा मन्त्री फेरबदलको तयारी, जंगीलाल हटाएर बीरेन्द्रलाई मन्त्री बनाउने तयारी

२०८३ जेठ ५ मंगलबार
बिहान ०८:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेस ले मधेश प्रदेश सरकारमा मन्त्री हेरफेरको तयारी थालेको छ । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध निर्वाचनमा असहयोग गरेको आरोप खेपिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय लाई पदबाट हटाउने विषयमा आन्तरिक छलफल तीव्र बनेको स्रोतले जनाएको छ ।

पार्टी स्रोतका अनुसार मन्त्री रायको स्थानमा सर्लाहीबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरेन्द्र कुमार सिंह लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिने तयारी भइरहेको छ । यद्यपि यसबारे औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन ।

गत वैशाख १६ गते कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा विभिन्न प्रदेशका मन्त्री र सांसदसहित सात जनासँग स्पष्टीकरण मागेको थियो । समितिले पाँच दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो ।

स्पष्टीकरण सोधिएका व्यक्तिहरूमध्ये मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री राय, लुम्बिनी प्रदेशका वन मन्त्री तथा महासमिति सदस्य देवकरण प्रसाद कलवार, कोशी प्रदेशका पूर्व केन्द्रीय सदस्य तथा मन्त्री प्रदीप सुनुवार, तथा लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने रहेका छन् । त्यसैगरी प्रदेशसभा सदस्य राजु खनाल, सकुन्ती देवी महरा र कौशल किशोर राय सँग पनि स्पष्टीकरण मागिएको थियो ।

स्रोतका अनुसार अनुशासन समितिले मागेको जवाफमध्ये केही असन्तोषजनक देखिएको तथा कतिपय नेताले अझैसम्म लिखित स्पष्टीकरण नबुझाएको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको हो । त्यसकै प्रभावस्वरूप मन्त्री रायको पद जोखिममा परेको बताइन्छ ।

कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारको कार्यशैलीलाई लिएर कांग्रेसभित्र लामो समयदेखि असन्तुष्टि रहँदै आएको छ । यद्यपि तत्काल मुख्यमन्त्री परिवर्तनभन्दा पनि मन्त्रीस्तरमा सीमित हेरफेर गर्ने रणनीतिमा पार्टी नेतृत्व केन्द्रित रहेको कांग्रेसनिकट स्रोतको दाबी छ ।

मन्त्री रायलाई २०८२ पुसमा मुख्यमन्त्री यादवको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरिएको थियो ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा

  • २०८३ जेठ ५ मंगलबार

न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् ।  आईतबार जसपा

पूरा पढ्नुहोस्

Bureau Menus