न्यूज ब्यूरो, काठमान्डौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।
सर्वोच्च अदालतले अब म्याद नथप्न परमादेश दिएपछि बिहीबार ओली र लेखकलाई रिहा गरिदिएको हो ।
शिक्षण अस्पतालमा उपचाररत ओलीलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । ओलीलाई लिन पत्नी राधिका शाक्य टिचिङ अस्पताल पुगेकी थिइन् ।
जेनजी आन्दोलन सम्बन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सिलसिलामा यही चैत १४ गते बिहान ओली पक्राउ परेका थिए ।
काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न तेस्रोपटक दिएको ५ दिनको म्याद गएराति सकिएको थियो ।
बालेन्द्र शाह नेतृत्वको सरकार बनेलगत्तै पहिलो मन्त्रिपरिषद बैठकले चैत १३ गते कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा भोलिपल्ट बिहानै ओली पक्राउ परेका थिए ।
ओलीपत्नी राधिका शाक्यले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार अब म्याद नथप्न परमादेश जारी गरेको थियो ।
यसबीचमा मुद्दा दायर गर्न सम्भव नभएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको निर्णयबमोजिम हाजिरी जमानीमा छाडिएको हो ।
स्वास्थ्यकर्मी दबाब थेग्न नसकी झुक्यो बालेन सरकार, अस्पतालमा पनि अब दुई दिन बिदा, जनतामा चिन्ता
- २०८२ चैत २६ बिहीबार
न्यूज ब्यूरो, काठमाडौं। देशभरका सरकारी अस्पतालहरूमा अब साताको दुई दिन—शनिबार र आइतबार—नियमित ओपिडी सेवा बन्द हुने भएको छ। स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको चर्को दबाबपछि सरकारले यस्तो
पूरा पढ्नुहोस्



