Close This

मातृकालाई हटाएर किशोरी साह कमललाई प्रतिनीधिसभा सदस्य बनाउन प्रधानमन्त्रीलाई ज्ञापन

२०८२ चैत १९ बिहीबार
रति ८:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. १ मा निर्वाचित भएका मातृका प्रसाद यादवलाई हटाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमललाई निर्वाचित गराइदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 

रास्वपाका कार्यकर्ताहरु तथा किशोरी साह कमलका समर्थकहरुले आज जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । उनीहरुले जनमतको कदर गरी मातृका प्रसाद यादवलाई कुनै काम कारवाही गर्न नदिन माग गरेको हो । 

ज्ञापन पत्रमा निर्वाचन आयोगले बदनियतपूर्ण तवरले चुनावको दुई दिन अगाडी उम्मेदवारी खारेज गरेको आरोप लगाउँदै सो निर्णय बदर गरी किशोरी साह कमललाई धनुषा १ बाट प्रतिनीधिसभा सदस्यको रुपमा बनाउन आग्रह गरेको हो । 

कुनै अमुक दलको उक्साहट र उजुरीमा किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको भन्दै विरोध जनाएको छ । अदालतमा त्यसपछि परेको रिटमा उनको नाम कालोसूचिबाट हटाउन अन्तरिम आदेश भएको थियो । 

यद्यपी, उम्मेदवारी खारेज गर्ने निर्णयसम्म किशोरी साह कमलको नाम कालोसूचिमै रहेको पाइएको थियो । अदालतले समेत निर्वाचन आयोगको निर्णयमा कुनै अन्तरिम आदेश नदिएपछि मातृका प्रसाद यादव धनुषा १ बाट साँसदको सपथ लिएका थिए । निर्वाचन कार्यालयले आयोगको निर्देशन बमोजिम निर्वाचित प्रमाणपत्र समेत दिएर निर्वाचित घोषित गरेको थियो । त्यसअघि घण्टीको सबै मत बदर हुने भनेर निर्णय सुनाईसकेको थियो । 

सोही सन्दर्भमा उनका समर्थकहरुले जिल्ला प्रशासन मार्फत ज्ञापन पत्र बुझाउँदै मातृकालाई हटाएर किशोरी साहको उम्मेदवारी कायमै गरी निर्वाचित प्रमाणपत्र दिन आग्रह गरिएको हो । 

  • 8%
  • 8%
  • 0%
  • 4%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८२ चैत १९ बिहीबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus