संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने

२०८३ बैशाख २८ सोमबार
बिहान ०८:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ ।  संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरु हुने भएको छ । सोमबार नै सरकारको नीति कार्यक्रमसमेत प्रस्तुत गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुबै सदनको संयुक्त बैठकलाई सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए ।

नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले सोमबार दिउँसो सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । उक्त धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले नै दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । त्यस अघि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक समेत हुनेछ ।

संसद् सचिवालयले जनाए अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराइने सम्भावित कार्यसूची छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

गोलबजार मेयर गोल्डकपः सलहेश युवा क्लब र ब्रदर्श हुड उदयपुर फाइनलमा भिड्ने

  • २०८३ बैशाख २८ सोमबार

न्यूज ब्यूरो, सिरहा । गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सलहेश युवा क्लब, सिरहा र ब्रदर्श हुड फुटबल क्लब, उदयपुरबीच प्रतिस्पर्धा हुने भएको छ। सेमिफाइनल अन्तर्गत ब्रदर्श

पूरा पढ्नुहोस्

Bureau Menus