न्यूज ब्यूरो, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्तिको विषय विवादमा परेपछि श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठले स्पष्टीकरण दिएकी छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले उनलाई पुनः नियुक्ति दिएको विषय सार्वजनिक भएपछि आलोचना बढेको हो। यसबीच श्रेष्ठले बुधबार बिहान सामाजिक सञ्जालमार्फत आफूले मनोनयनसम्बन्धी कुनै औपचारिक पत्र नबुझेको बताएकी छन्।
यसअघि बोर्ड सदस्य रहेकी श्रेष्ठ लगातार बैठकमा अनुपस्थित भएपछि स्वतः निलम्बनमा परेकी थिइन्। निलम्बनपछि पुनः सोही पदमा ल्याइएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले परिवारवाद र योग्यता प्रणालीमाथि प्रश्न उठाएको थियो।
श्रेष्ठको पछिल्लो नियुक्ति २०८० मंसिर १४ मा भएको थियो। उनी बीमित सदस्यको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्दै आएकी थिइन्।
लगातार केही बैठकमा अनुपस्थित भएपछि उनी स्वतः निलम्बनमा परेकी थिइन्। यद्यपि, स्वास्थ्य मन्त्रीको सचिवालयले भने उनलाई नयाँ रूपमा नियुक्ति नभई सदस्यका रूपमा निरन्तरता मात्र दिइएको दाबी गरेको छ।
जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा
- २०८२ चैत २४ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो । विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने
पूरा पढ्नुहोस्



_Q0Pm2ZjB51.jpeg)



