Close This

नक्कली नोट छाप्ने अब्दुल र अनिल पक्राउ, प्रिन्टरसहित अन्य समाग्री बरामद

२०८३ जेठ ८ शुक्रबार
रति १०:१६ बजे
न्यूज ब्यूरो, डेस्क
Photo: AI

न्यूज ब्युरो, जनकपुरधाम । रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गरिएको जनाएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत उत्तर प्रदेश सिद्धार्थनगर निवासी २८ वर्षीय अब्दुल हमिद र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने २२ वर्षीय अनिल पासी रहेका छन्।

प्रहरी टोलीले उनीहरूको साथबाट नक्कली नोट छाप्न प्रयोग गरिएको कम्प्युटर, प्रिन्टर, मोनिटर, मोबाइल, प्रिन्ट पेपर तथा काट्न बाँकी र छापिसकेको अवस्थाका नक्कली नोट बरामद गरेको जनाएको छ।

बरामद सामग्रीमा सिरियल नम्बर २५०२४९११ भएको पाँच सय दरका ३० थान नक्कली नेपाली नोट, एक सय, पाँच सय र एक हजार दरका प्रिन्ट गरिएका तर काट्न बाँकी सात थान नोट, एक थान CPU, एक थान प्रिन्टर, एक थान मोनिटर, चार रिम प्रिन्ट पेपर, दुई थान मोबाइल र एक थान कैंची रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले नक्कली मुद्रा कारोबार नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी कडा पारिएको जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०८३ जेठ ८ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus