धनुषा जनकनन्दिनी गाउँपालिकाको बजेट ४७ करोड बढी, निःशुल्क एम्बुलेन्सदेखि हरित विद्यालयसम्मको नीति

२०८३ असार ७ आइतबार
बिहान १०:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । 

शनिबार सम्पन्न भएको जनकनन्दिनी गाउँपालिकाको १५औँ गाउँसभा तथा नीति कार्यक्रम सार्वजनीकरणमा ४७ करोड १६ लाख रुपैयाँको बजेट अनुमान गरिएको हो । 

गाउँपालिका अध्यक्ष दिपिनदेव यादवको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शर्माको आतिथ्यमा सम्पन्न भएको १५औँ गाउँसभाबाट सो बजेट अनुमान गरिएको हो । 

नीति तथा कार्यक्रमको जिम्मा पाएकी गाउँपालिका उपाध्यक्ष कमला सहगलले ४७ करोड १६ लाख रुपैयाँको बजेट अनुमान सुनाइन । यसका साथै आगमी आर्थिक बर्षको लागि विभिन्न नीति तथा कार्यक्रमहरु ल्याएको पनि सुनाइन् । 

आगामी आर्थिक बर्षदेखि गाउँपालिकाभरि नै एम्बुलेन्स सेवा निःशुल्क गर्ने नीति ल्याएको हो । यसका साथै, विद्यालयहरु हरित बनाउने कार्यक्रम पनि ल्याएको जनाइएको छ । विद्यालयको साथै जनकनन्दिनी गाउँपालिकाभरि एक घर, ५ गमलाका कार्यक्रमहरु ल्याइएको हो । 

गाउँसभामा विभिन्न वडाका वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य, सुरक्षा निकायका प्रतिनीधि, सँचारकर्मी, शिक्षक शिक्षिका, गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सँचालन जनस्वास्थ्य निरीक्षक अधिकृत रविभुषण मण्डलले गरेका थिए । 

विशेष नीति तथा कार्यक्रम हेर्नः

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रास्वपा महाधिवेशनः प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने

  • २०८३ असार ७ आइतबार

न्यूज ब्यूरो, चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिने व्यक्तिका प्रस्तावक र समर्थक स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले

पूरा पढ्नुहोस्

Bureau Menus