SEE २०८२ मा ३.९६ GPA प्राप्त गर्ने विद्यार्थीलाई व्यवसायी साहद्वारा सम्मान तथा पुरस्कार प्रदान

२०८३ असार ७ आइतबार
बिहान ११:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । एसईई २०८२ को नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै कमला नगरपालिका–३ पर्सा निवासी आशु कुमारी यादवले ३.९६ GPA प्राप्त गरेकी छन्। उनी कमला नगरपालिकाभित्र शीर्ष नतिजा हासिल गर्ने विद्यार्थीमध्ये एक बनेकी हुन्।

उत्कृष्ट नतिजालाई प्रोत्साहन गर्ने उद्देश्यले कमला नगरपालिका–३ का स्थानीय व्यवसायी जीवन कुमार साहले एसईई परीक्षा सुरु हुनुअघि नै घोषणा गरेको पुरस्कार कार्यक्रमअनुसार आशु कुमारी यादवलाई सम्मान तथा पुरस्कार प्रदान गरेका छन्।

साहले घोषणा गरेअनुसार कमला नगरपालिका–३ बाट शीर्ष नतिजा ल्याउने विद्यार्थीलाई रु. २५०० बराबरको शैक्षिक सामग्री (झोला, कापी, कलम, ज्यामेट्री बक्स, परीक्षा बोर्ड लगायतका सामग्री) प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए।

उक्त प्रतिबद्धता अनुसार एसईईमा उत्कृष्ट GPA ३.९६ हासिल गर्न सफल यादवलाई पुरस्कार हस्तान्तरण गरिएको हो।

कार्यक्रममा व्यवसायी साहले कमला नगरपालिकामा शिक्षाको गुणस्तर सुधार गर्न तथा विद्यार्थीहरूलाई अध्ययनप्रति प्रेरित गर्न यस्ता प्रोत्साहन कार्यक्रम आवश्यक रहेको बताए। उनले आगामी दिनमा पनि यस्ता शैक्षिक सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

पुरस्कृत विद्यार्थी आशु कुमारी यादवले आफूलाई गरिएको सम्मानले आगामी दिनमा अझ मेहनतका साथ अध्ययन गर्न प्रेरणा मिलेको बताइन्।

स्थानीय तहमा निजी क्षेत्रबाट गरिएको यस्तो शैक्षिक प्रोत्साहनले विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धा बढाउने र शैक्षिक गुणस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ असार ७ आइतबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus