भौतिक पूर्वाधार विकास कार्यालय रौतहटका प्रमुख यादवको सक्रियतामा धमाधम विकास

२०८३ असार १३ शनिबार
बिहान १०:२५ बजे
न्यूज ब्यूरो, डेस्क

संजय सहनी ​। रौतहट। भौतिक पूर्वाधार विकास कार्यालय, गौर (रौतहट) का प्रमुख विजय यादवले जिम्मेवारी सम्हाले देखि जिल्लाको समग्र विकास निर्माण र कार्यालयको प्रशासनिक कामकाजले नयाँ गति लिएको छ। जिल्लाको चौतर्फी विकास र अधुरा आयोजनाहरूलाई समयमै सम्पन्न गराउन प्रमुख यादवले चाल्नुभएको कदम यतिबेला निकै प्रभावकारी साबित भइरहेको छ।

​कार्यालय प्रमुख यादव आफैं अहोरात्र खटिएर जिल्लाको आवश्यकता र जनताको चाहना अनुसारका योजनाहरूलाई द्रुत गतिमा अगाडि बढाउनु भएको छ। उहाँको कुशल नेतृत्व र सक्रियताका कारण लामो समयदेखि सुस्त रहेका विकास निर्माणका कामहरूले अहिले निकै तीव्रता पाएका छन्।

​विकास निर्माणका कार्यहरूमा गुणस्तर कायम राख्न प्रमुख यादवले विशेष ध्यान दिनुभएको छ। योजनाहरूमा कुनै पनि सम्झौता नहोस् र कार्यालयको प्राविधिक 'इस्टिमेट' अनुसार नै दुरुस्त काम होस् भन्नका लागि उहाँले इन्जिनियर र सुपरभाइजरहरूको विशेष टोलीलाई निरन्तर फिल्डमा खटाउनु भएको छ।

​प्राविधिक टोलीले प्रत्येक योजनाको स्थलगत अनुगमन गरी इस्टिमेट अनुसार काम भएरनभएको सुक्ष्म रूपमा हेरिरहेका छन्। प्रमुख यादवको यो कडा र पारदर्शी कार्यशैलीका कारण ठेकेदार तथा उपभोक्ता समितिहरू सजग भएका छन् भने कामको गुणस्तर पनि उत्कृष्ट देखिएको छ।

​कार्यालयको आन्तरिक व्यवस्थापन चुस्त दुरुस्त बनाउनुका साथै सेवाग्राहीका कामहरू बिना झन्झट छिटो(छरितो रूपमा सम्पन्न गर्ने परिपाटीको विकास प्रमुख यादवले गर्नुभएको छ। उहाँ आएपछि कार्यालयको छवि समेत सुध्रिएको स्थानीय सरोकारवालाहरू बताउँछन्।

​जिल्लाको समग्र भौतिक पूर्वाधारको विकासमा कोशेढुङ्गा साबित हुने गरी कामलाई अगाडि बढाएका प्रमुख विजय यादवको यो सकारात्मक र उर्जावान कार्यशैलीको यतिबेला रौतहटवासी र आम सर्वसाधारणले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्। उहाँको यो सक्रियताले आगामी दिनमा रौतहटको विकासले अझै ठूलो फड्को मार्ने विश्वास गरिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८३ असार १३ शनिबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus