बारामा ईटा भट्टाको खाल्डोमा डुबेर ११ बर्षिय रोशनीको मृत्यू

२०८३ असार ३२ बिहीबार
बिहान ०८:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बारा ।  बारामा ईटा भट्टाबालाले खनेको खाप्ल्डोमा डुबेर एक बालिकाको मृत्यू भएको छ । 

बाराको करैयामाई गाउँपालिका वडा नं. ३ गालोपाट्टीकी ११ वर्षीया रोशनी चौधरीको माटो खनेर बनाइएको खाल्डोमा डुबेर मृत्यु भएको जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार साँझ करिब ५ बजे गौतम इट्टा उद्योगले माटो निकाल्न खनेको खाल्डोमा बाख्रा चराउन गएकी शिवनारायण चौधरीको छोरी रोशनी डुबेको अवस्थामा फेला परेकी हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गञ्जभवानिपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविन मिश्रको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको थियो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा खटिएको सोको टोलीले मुचुल्का लगायत आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

हेडमास्टर बनेपछि पवन मण्डलले स्कूलकै अगाडी किने कित्ताको कित्ता जग्गा जमिन

  • २०८३ असार ३२ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । कुनै बेला साईकल चढेर गिद्धाबेलापट्टि स्कूलमा मास्टरी (शिक्षक) गर्न जाने अहिले हेडमास्टर बनेका पवन मण्डलले सोही विद्यालयको अगाडी कित्ताको कित्ता जग्गा जमिन किनेको प्रमाण फेला परेको

पूरा पढ्नुहोस्

Bureau Menus