बलात्कारपछि हत्या गरिएका गरिमा चौधरीको सालिक निर्माण गर्नेसहित सरकारसँग ३ बुँदे सहमति

२०८३ भदौ ७ आइतबार
बिहान ०८:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१ निवासी तीन वर्षीया बालिका गरिमा चौधरीको स्मृतिमा सालिक निर्माण गर्न सरकारले पहल गर्ने भएको छ ।

सरकार र पीडित परिवारबीच शनिबार भएको सहमतिअनुसार गरिमाका अभिभावकको अपेक्षाअनुसार सालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी आवश्यक पहल गर्ने भएको हो ।

गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनापछि उत्पन्न तनाव समाधानका लागि सरकार र पीडित परिवारबीच भएको प्रतिबद्धतापत्रमा उक्त विषय समेटिएको छ ।

सहमतिपत्रमा पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी गरिमाको सालिक निर्माणका लागि पहल गर्ने स्पष्ट उल्लेख छ ।

बालिका गरिमाको हत्या घटनालाई लिएर दोषीमाथि कडा कारबाहीको माग गर्दै पीडित परिवार तथा स्थानीयले आन्दोलन गर्दै आएका थिए । घटनापछि उत्पन्न विवाद समाधान गर्न सरकारका प्रतिनिधि र पीडित परिवारबीच भएको वार्तामा विभिन्न माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको हो ।

सहमतिपत्रमा सरकारले घटनासम्बन्धी विद्यमान कानुनमा रहेका कठोर तथा जघन्य अपराधमा पुनरावृत्ति हुन नदिन आवश्यक कानुनी सुधारका लागि सुझावसहितको प्रतिबेदन सात दिनभित्र पेस गर्न न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्ने लगायतका विषयमा समेत प्रतिबद्धता जनाएको छ ।

पीडित परिवारले भने गरिमाको स्मृतिमा सालिक निर्माणलाई उनको न्याय र सम्झनासँग जोडिएको महत्वपूर्ण विषयका रूपमा अघि सारेको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा

  • २०८३ भदौ ७ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो ।  विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने

पूरा पढ्नुहोस्

Bureau Menus