जनकपुरधाममा शिक्षा समितिका निर्णय कार्यान्वयनमै प्रश्न, शुल्कदेखि विद्यालय वर्गीकरणसम्म अन्योल

२०८३ भदौ १९ शुक्रबार
रति ९:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा समितिले गरेका विभिन्न निर्णय कार्यान्वयनमा नआएको भन्दै प्रश्न उठेको छ। 

स्थानीय विषय कक्षाकोठासम्म प्रभावकारी रूपमा पुग्न नसकेको, संस्थागत विद्यालयको निर्धारित शुल्क लागू नभएको तथा विद्यालय वर्गीकरण प्रक्रिया टुंगिन नसकेको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन्।

अनुमति नलिई वा स्वीकृत तहभन्दा माथि कक्षा सञ्चालन गर्ने विद्यालयलाई जरिवानासहित बन्द गर्ने निर्णय भए पनि कार्यान्वयन नभएको आरोप छ। गत चैत ३० गते अनुमति पाएर सञ्चालनमा नआएका विद्यालयको अनुमति खारेज गर्ने निर्णयसमेत कार्यान्वयन र सार्वजनिक नभएको बताइएको छ।

छात्रवृत्ति र शुल्क कार्यान्वयनमा पनि उपमहानगरपालिका र विद्यालय दुवैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने सरोकारवालाको भनाइ छ। 

निर्णय गर्ने तर कार्यान्वयन नगर्ने अवस्थाले शिक्षा शाखा, नगर शिक्षा समिति र उपमहानगरपालिकाको नेतृत्वको भूमिकामाथि प्रश्न उठेको छ। निर्णय कार्यान्वयनमा ढिलाइको कारण र जिम्मेवार पक्षबारे उपमहानगरपालिकाले तथ्यसहित स्पष्ट पार्नुपर्ने माग गरिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८३ भदौ १९ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus