भारतसँग रहेको सिरहा नाकामा सशस्त्र प्रहरीको कडा निगरानी 

सिरहाको विभिन्न नाकाहरुमा थप जनशक्ति प्रयोग गरि तीन ठाउँ मा एफओबी स्थापना गरिएको र नाकाहरुमा विशेष कडाइ गरिएको एसपी दिपेन्द्र गिरिले जानकारी दिए।

२०७८ बैशाख २६ आइतबार
दिउसो ३:३१ बजे

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्ला अन्तरगत पर्ने भारतसँगको विभिन्न नाकाहरु अहिले बन्द गरिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि नेपाल सरकारले २२ वटा नाका बन्द गरिसकेको अवस्थामा सशस्त्र प्रहरी बल सिरहाले सीमामा कडा निगरानी बढाएको छ । 

भारतमा भाइरस संक्रमणको सुनामी आएपछि त्यहाँबाट स्वदेश फर्कने नेपालीको संख्या हवात्तै बढेकोले नेपाल फर्कने नेपाली नागरिकहरुलाई बिशेष सुरक्षा सर्तकता अपनाएर भित्रिन दिएको हो ।

सिरहाको विभिन्न नाकाहरुमा थप जनशक्ति प्रयोग गरि तीन ठाउँ मा एफओबी स्थापना गरिएको र नाकाहरुमा विशेष कडाइ गरिएको एसपी दिपेन्द्र गिरिले जानकारी दिए।

सशस्त्र प्रहरी बल सिरहा विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामुलक सन्देश सहितको माइकिङ, सवारी साधनहरुको चेक जाँच, सचेतनामुलक प्लेकार्ड प्रदशर्न समेत गरेका छन् । 

सशस्त्र प्रहरी सिरहाको तर्फबाट भिडभाड न गर्न , स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागी माक्र्स तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित माक्र्स लगाउन सशस्त्र प्रहरी बल सिरहाका प्रमुख  एसपी गिरिले सबैमा अनुरोध समेत गरेका छन् । 

भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न सबैको भूमिका महत्वपूर्ण हुने भएकाले नाकाबाट आउने नागरिकहरुको परीक्षण गरेरमात्र नेपाल प्रवेश गर्न दिने र १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नेगरी व्यवस्था मिलाउन स्थानीय सरकारसँग आग्रह गरे । 

  • 92%
  • 4%
  • 4%
  • 0%
  • 0%
  • 0%

Bureau Menus