.jpeg)
न्यूज ब्यूरो, जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा भोली एक दिन सार्वजनिक विदाको घोषणा गरिएको छ । स्थानीय विदा भन्दै जलेश्वर नगरपालिकाले भोली विहिबार एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मधेशको महाकुम्भ एवम् एसियाकै सबभन्दा लामो पदयात्रा मानिएको धार्मिक यात्रा परिक्रमाका लस्कर विहिबार जलेश्वर आउने भएपछि एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले एक सूचना जारी गर्दै फागुन २३ गतेको कार्यपालिका निर्णय अनुसार चैत्त १ गते विहिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
परिक्रमाको धार्मिक लस्कार भोली विहिबार जलेश्वर पुग्ने निश्चित भएपछि नगरपालिकाको कार्यालय, मातहतको सबै विद्यालय, सँस्थानहरु समेत बन्द रहने जनाएको छ । सो दिन परिक्रमावासीहरुलाई स्वागतको लागि समेत मेयर सोनारले अपिल गरेको हो ।
शहिदनगरमा किशोर सञ्जालको १० बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण
- २०८० फाल्गुण ३० बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम। राष्ट्रिय किशोर सञ्जाल नेपालले बालबालिका र किशोर–किशोरीसम्बन्धी १० बुँदे ध्यानाकर्षण पत्र शहिदनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ। केन्द्रीय समिति सदस्य राजन दासले नगरपालिकाकी उप–प्रमुख सुनिता सिंहलाई ध्यानाकर्षण पत्र
पूरा पढ्नुहोस्