न्यूज ब्यूरो, जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा भोली एक दिन सार्वजनिक विदाको घोषणा गरिएको छ । स्थानीय विदा भन्दै जलेश्वर नगरपालिकाले भोली विहिबार एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मधेशको महाकुम्भ एवम् एसियाकै सबभन्दा लामो पदयात्रा मानिएको धार्मिक यात्रा परिक्रमाका लस्कर विहिबार जलेश्वर आउने भएपछि एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले एक सूचना जारी गर्दै फागुन २३ गतेको कार्यपालिका निर्णय अनुसार चैत्त १ गते विहिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
परिक्रमाको धार्मिक लस्कार भोली विहिबार जलेश्वर पुग्ने निश्चित भएपछि नगरपालिकाको कार्यालय, मातहतको सबै विद्यालय, सँस्थानहरु समेत बन्द रहने जनाएको छ । सो दिन परिक्रमावासीहरुलाई स्वागतको लागि समेत मेयर सोनारले अपिल गरेको हो ।

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी
- २०८० फाल्गुण ३० बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी
पूरा पढ्नुहोस्




