न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका विद्यार्थी गौरव कुमार साहलाई ललितपुरको गोदावरी नगरपालिकाले सम्मान गरेको छ ।
शिक्षा दिवस २०८२ को अवसरमा आयोजित एक समारोहबीच साहलार्ई सम्मान गरेको हो । उनलाई नगद रु. १० हजारसहित सम्मान गरिएको हो ।
“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साँझेदारी र प्रणालीगत साक्षरता” भन्ने मूलनाराको साथ ललितपुरको गोदावरी नगरपालिकाले आयोजना गरेको शिक्षा दिवस २०८२ को सँस्थागत विद्यालयमध्ये सेन्ट जेभियर्सबाट उनलाई सर्वोत्कृष्ट नतिजा ल्याएको भन्दै सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ ।
नगर प्रमुख गर्जेन्द्र महर्जन तथा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले सँयुक्त रुपमा साहलाई सम्मान गरेको हो ।
बुधबार आयोजना गरिएको विद्यार्थी तथा शिक्षक सम्मान कार्यक्रममा उतीर्ण गरेका साहलाई सम्मान गरेको हो । साह अहिले पुलचोकबाट इन्जिनीयरिँगमा नाम निकालेर पढीरहेको उनका बुवा प्रदीप साहले जानकारी दिए ।
रास्वपा महाधिवेशनः प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने
- २०८२ पौष १६ बुधबार
न्यूज ब्यूरो, चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिने व्यक्तिका प्रस्तावक र समर्थक स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले
पूरा पढ्नुहोस्




