कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी

२०८३ बैशाख १४ सोमबार
बिहान ०८:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भइरहेका छन्।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यस परीक्षाका लागि देशभरका सबै परीक्षा केन्द्रहरूमा आवश्यक सुरक्षा र व्यवस्थित वातावरण मिलाइएको बोर्डले जनाएको छ।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन बोर्डले विशेष सतर्कता अपनाएको छ। विद्यार्थीहरूको शैक्षिक सत्र प्रभावित नहोस् भन्ने उद्देश्यले बोर्डले नतिजा प्रकाशनको कार्यतालिकालाई समेत तीव्रता दिने योजना बनाएको छ।

परीक्षा सम्पन्न भएको डेढ महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित तयारी अगाडि बढाइएको जानकारी बोर्डले दिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८३ बैशाख १४ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus