न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा रहेको जनकपुर हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरलाई कार्यरत डाक्टरले कब्जा गर्न खोजेको आरोप सँचालक दाबी गर्ने भरत यादवको रहेको छ ।
वि.सं. २०७८ सालमै स्थापना गरिएको जनकपुर हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा कार्यरत डाक्टर शशिशेखर अधिकारीले कब्जा गर्न खोजेको आरोप लगाईएको छ ।
आफू सँचालक रहेको दाबी गर्दै आएका भरत यादवले डा. अधिकारीको लाईसेन्स मात्र दर्ता प्रक्रियाको लागि उपयोग गरेपछि ५ बर्षपछि उनले कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
विहिबार केही सँचारकर्मीहरुसँग कुराकानी गर्दै यादवले डा. अधिकारीसँग भाडा मागेपछि विवाद चुलिएको बताए । उनले साथीको दाई भएपछि उनको लाईसेन्स लिएर क्लिनिक दर्ता गरेको बताउँदै क्लिनिक आफ्नै नाममा रहेको दाबी गरे । उनले फर्मालिटी पूरा गर्न मात्र उनको लाईसेन्स प्रयोग गरेको बताए । फार्मेसीमा पहिलेदेखि नै दर्ता रहेकोमा क्लिनिक सँचालनको लागि डा. अधिकारीको लाईसेन्स प्रयोग गरेको बताए ।
उनले विगत ५ बर्षदेखि आफू सो क्लिनिक सँचालन गर्दै आएकोमा डा. शशि शेखर अधिकारी सोही क्लिनिकमा काम गर्दै आएको बताए । उनले सोही क्लिनिकमा भिडियो एक्सरेको लागि अल्ट्रासाउण्ड मेसिन राख्न एक कोठा मागेकोमा भाडामा दिएपछि विवाद भएको बताएका छन् ।
यादवका अनुसार, आफ्नै क्लिनिकमा डा. अधिकारीले अल्ट्रासाउण्ड मेसिन राख्न कोठा मागेको र आफू प्रतिमहिना रु. ८ हजार रुपैयाँ भाडा मागेपछि विवाद भएको बताएको छ । भाडा नमागेको भए सबै ठिकठाक हुन्थ्यो उनले भने ।
दर्ता प्रक्रिया, गुठीको जग्गा लिजमा लिएको प्रमाण, राजस्वमा दर्ता गरिएको प्रमाण, क्लिनिकमा पूजाआजा गरेको प्रमाणहरु सार्वजनिक गर्दै उनले लाईसेन्सकै भरमा आफ्नो क्लिनिक हत्याउन खोजेको आरोप लगाएका छन् ।
भाडामा मागेपछि डाक्टरसहित उनका घरपरिवारले समेत हटाउन खोजेपछि विवाद भएको बताउँदै विवादको क्रममा हातपात भएको सुनाए । उनले धक्कामुक्कीमा उनको बुवालाई चोट लागेको स्वीकारे ।उनीमाथि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको बताईएको छ ।
यता, उच्च अदालत जनकपुरबाट सो सो क्लिनिकको लागि निषेधाज्ञा आदेश लिएर यादवले क्लिनिक फिर्ता मागेका छन् । आवश्यक कानुनी प्रक्रिया अगाडी बढाईएको बताईएको छ । डा. अधिकारीले १० दिनदेखि क्लिनिक कब्जामा लिएर सँचालन गरेको आरोप उनले लगाए ।
यस सन्दर्भमा डा. अधिकारीसँग सम्पर्क गर्दा उनले व्यस्तता जनाए ।
धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार
- २०८३ भदौ २६ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ
पूरा पढ्नुहोस्



