जनकपुरधाममा लायन्स क्लब वन्ताराको निःशुल्क भोजन सेवा निरन्तर, ३६५ दिन फ्री भोजन

२०८३ भदौ २४ बुधबार
बेलुकी ६:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्युरो, जनकपुरधाम । लायन्स क्लब अफ जनकपुरधाम वन्ताराले सुरु गरेको ३६५ दिन निरन्तर निःशुल्क भोजन सेवा अभियान तेस्रो दिन पनि जारी रहेको छ ।

आवश्यकतामा रहेका तथा आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई लक्षित गरी क्लबले दैनिक रूपमा निःशुल्क भोजन उपलब्ध गराउने अभियान सुरु गरेको हो । अभियानअन्तर्गत सेवा लिन आउने व्यक्तिहरूलाई नियमित रूपमा भोजन उपलब्ध गराउने व्यवस्था गरिएको क्लबले जनाएको छ ।

क्लबले ३६५ दिन नै निरन्तर सेवा सञ्चालन गर्ने लक्ष्यसहित अभियान अघि बढाएको हो । यसअघि विभिन्न स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पनि क्लबले निःशुल्क भोजन सेवा सुरु गरेको जानकारी सार्वजनिक गरिएको थियो ।

आवश्यकतामा रहेका व्यक्तिहरूलाई प्रत्यक्ष सहयोग पुग्ने गरी सञ्चालन गरिएको यो अभियानलाई सामाजिक तथा मानवीय सेवाको उदाहरणका रूपमा लिइएको छ ।

लायन्स क्लब जनकपुरको यो प्रयासलाई उदाहरणीय भनिएको छ । 

  • 50%
  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%

रहेनन जनकपुरका चर्चित साहित्यकार एवम् शिक्षाविद् 'डा. राजेन्द्र बिमल'

  • २०८३ भदौ २४ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका चर्चित साहित्यकार, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्र प्रसाद विमलको निधन भएको छ । डा. विमलको सोमबार राति १२ः३० देखि १२ः४५ बजेको बीचमा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको

पूरा पढ्नुहोस्

Bureau Menus