बाढीपीडितलाई सिद्धार्थ कलेजको निरन्तर सहयोग, दोस्रो खेपमा १ लाख ३१ हजारको राहत

२०८३ भदौ २५ बिहीबार
बिहान १०:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि जनकपुरधामस्थित सिद्धार्थ शिशु सदनले राहत सहयोगलाई निरन्तरता दिएको छ ।

यसअघि २ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सिद्धार्थ शिशु सदनले पुनः दोस्रो खेपमा १ लाख ३१ हजार रुपैयाँ बराबरको राहत सहयोग पठाएको हो । विद्यालयले पहिलो चरणमा गरेको २ लाख ५१ हजार रुपैयाँ सहयोगबारे यसअघि नै समाचार प्रकाशित भएको थियो।

विद्यालय परिवारले बाढीपीडितको पीडामा थप साथ दिने उद्देश्यले दोस्रो चरणमा पुनः सहयोग जुटाएको जनाएको छ । दोस्रो खेपको १ लाख ३१ हजार रुपैयाँ बराबरको सहयोग पनि विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि पठाइएको हो ।

विपद्को समयमा एकपटक सहयोग गरेर मात्र नरोकिने भन्दै विद्यालयले प्रभावित परिवारको आवश्यकता र अवस्थालाई ध्यानमा राखेर पुनः राहत पठाएको जनाएको छ ।

यससँगै सिद्धार्थ शिशु सदनबाट रसुवा बाढीपीडितका लागि गरिएको सहयोगको कुल मूल्य ३ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।

शिक्षण संस्थाको शैक्षिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै विपद्मा परेका नागरिकको सहयोगमा निरन्तर हातेमालो गर्ने विद्यालय परिवारले जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus