न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका संस्थागत विद्यालयका समस्या समाधान गर्न माग गर्दै प्याब्सन, एन–प्याब्सन, हिसान र एम–प्याब्सनले उपमहानगरपालिकालाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
चारवटै संगठनले प्रमुख प्रशासकीय अधिकृतमार्फत नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउँदै विद्यालय सञ्चालनसँग सम्बन्धित विभिन्न विषयमा तत्काल निर्णय लिन माग गरेका हुन् ।
संगठनहरूले जनकपुरधामलाई शैक्षिक हब बनाउने उपमहानगरपालिकाको पहल प्रचारप्रसार र ‘मिडिया स्टन्ट’मा मात्र सीमित भएको आरोप लगाएका छन् ।
उनीहरूले अनुमति लिएर माथिल्लो कक्षा सञ्चालनका लागि आवेदन दिएका विद्यालयलाई चैत्र मसान्तभित्र अनुमति दिनुपर्ने, स्थानीय विषयको पाठ्यपुस्तक तत्काल उपलब्ध गराउनुपर्ने तथा निर्धारण गरिएको विद्यालय शुल्क प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै, संस्थागत विद्यालयको अनुगमन गरी वर्गीकरण गर्न, अनुमति प्राप्त कक्षाभन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयमाथि कारबाही गर्न, दर्ता तथा अनुमति बिना सञ्चालनमा रहेका विद्यालय बन्द गर्न र अनुमति पाएर पनि सञ्चालनमा नरहेका विद्यालयको पहिचान गरी अनुमति खारेज गर्न माग गरिएको छ ।
चारवटै संगठनले उठाएका माग तत्काल सम्बोधन गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन उपमहानगरपालिकासँग आग्रह गरेका छन् ।
न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो
- २०८३ भदौ २४ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ । जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र
पूरा पढ्नुहोस्



