मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

२०८० चैत ७ बुधबार
बेलुकी ७:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेका हुन ।

कार्यक्रममा राष्ट्रिय भुमि आयोगको जिल्ला समिति सदस्य कृषण लामा, वडाका सजिकरण समितिका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो । वर्षोदेखि भूमिहीन भएर बस्दै आएका जनताहरुले निस्सा पाउँदा खुशी व्यक्त गरेका छन् ।

निस्सा वितरण पश्चात अब केही दिनमै जग्गाको नाप जाँच गरी नियमानुसार प्रक्रिया पूरा गरी भूमिहीनहरुलाइ लालपुर्जा दिइने सेवा केन्द्रका फोकल पर्सन गणेश गुप्ताले जानकारी दिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

होलीमा सत्रु पनि मित्र बन्ने अवसर हुन्छः अध्यक्ष यादव

  • २०८० चैत ७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले होलीमा सत्रु पनि मित्रताको भावना राख्नुपर्ने धारणा राखेका छन् ।  जनकनन्दिनी गाउँपालिकाद्धारा आयोजना गरिएको होली मिलन समारोहमा बोल्दै गाँपा अध्यक्ष

पूरा पढ्नुहोस्

Bureau Menus