न्यूज ब्यूरो, सिरहा । मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ ।
बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेका हुन ।
कार्यक्रममा राष्ट्रिय भुमि आयोगको जिल्ला समिति सदस्य कृषण लामा, वडाका सजिकरण समितिका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो । वर्षोदेखि भूमिहीन भएर बस्दै आएका जनताहरुले निस्सा पाउँदा खुशी व्यक्त गरेका छन् ।
निस्सा वितरण पश्चात अब केही दिनमै जग्गाको नाप जाँच गरी नियमानुसार प्रक्रिया पूरा गरी भूमिहीनहरुलाइ लालपुर्जा दिइने सेवा केन्द्रका फोकल पर्सन गणेश गुप्ताले जानकारी दिए ।
बच्चा खेलाउँदै बाँदर
- २०८० चैत ७ बुधबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्


