जनकपुरः भारतीय गाडीको ठक्करले दुई युवकको मृत्यू

२०८० कार्तिक २९ बुधबार
बिहान ०९:४८ बजे
न्यूज ब्यूरो, डेस्क
साँकेतिक तस्विर

न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिँदा धनुषाका दुई युवकको मृत्यू भएको छ । 

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ का १९ वर्षीय राजेश ठोकर र गणेशमान चारनाथ नगरपालिका वडा नं. २ का अन्दाजी १८ वर्षीय टेमा मोक्तान रहेका छन् ।

सोमबार राति करिब पौने १ बजे ढल्केवरदेखि पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बिबि ८१४७ नम्बरको ट्रकले ज ११ प १२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्रक नियन्त्रणमा लिइएको तर चालक भने फरार भएको प्रहरीले जनाएको छ। चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ।

  • 1%
  • 0%
  • 4%
  • 1%
  • 40%
  • 1%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८० कार्तिक २९ बुधबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus