जनप्रतिनीधिको असल कर्तव्य

शहिदनगरको एक प्राईभेट हेल्थकेयरलाई मेयर बरबरियाले गरे सील, सँचालक सहित एक अहेब पनि पक्राउ

अनुगमनको क्रममा पक्राउ गरिएका व्यक्तिहरु दोषी पाइएको खण्डमा कानुन बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाउने

२०७८ असोज १ शुक्रबार
बिहान ०६:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले विहिबार नगरको स्वास्थ्य सँस्थाहरुमा अनुगमन गरेका छन् । 

विहिबार दिउँसो मेयर बरबरियाको नेतृत्वमा गएको अनुमगन टोलीले अनुगमनको क्रममा कोरोना भ्याक्सीन अनाधिकृत बेच्ने एक हेल्थकेयरलाई सील गरिदिएको छ । 

शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित रहेको श्रीराम हेल्थ केयरलाई सील गरिएको हो । हेल्थ केयरमा कोरोना विरुद्धको सरकारी खोप जोन्सन एण्ड जोन्सन १ भाईल, भेरोसेल ४ भाईल र अस्ट्राजेनिका समेत १ भाईल फेला परेपछि हेल्थकेयर नै सील गरिदिएका छन् । 

मेयर बरबरियाको नेतृत्वमा शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुधन यादव, अनुगमन समितिका अध्यक्ष कन्हैया मुखिया, स्वास्थ्य शाखाका कर्मचारी, सुरक्षा निकायसहितको सम्मलित टोलीले यदुकूहा स्थित रहेको श्रीराम हेल्थ केयर, मँजु मेडिकल हल, चौधरी मेडिकल हलको अनुमगन गरेको थियो । 

विशेष र गोप्य सूचनाको आधारमा त्यहाँस्थित रहेको श्रीराम हेल्थ केयरमा आम नागरिकको लागि अनुदानमा र निःशुल्क आएको कोरोना विरुद्धको खोप नीजी क्लीनिकमा रकम लिएर विक्री वितरण गर्नको लागि राखिएको ६ भाईल भ्याक्सीन सहित सँचालकलाई समेत पक्राउ गरिएको हो । 

हेल्थ केयरका सँचालका बर्ष २१ को कमलेश मण्डल सहित कोरोनाको भाइल उपलब्ध गराउने प्राथमिक स्वास्थ्य केन्द्र यदुकूहामा कार्यरत अहेब देवशरण यादवले दिएको भनी स्वीकार गरेपछि दुवै जनालाई नियन्त्रणमा लिएको हो । 

यसका साथै, अनुगमन गरिएको चौधरी मेडिकल र अँजु मेडिकलमा केही औषधीहरु म्याद गुज्रेको पाइएकोले सोलाई तुरुन्त हटाएर नयाँ औषधी व्यवस्थापनको लागि निर्देशन समेत दिएको मेयर बरबरियाले जानकारी दिए । 

अनुमगन समितिका अनुसार, अनुगमनको क्रममा पक्राउ गरिएका व्यक्तिहरु दोषी पाइएको खण्डमा कानुन बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाउने छ । 

स्थानीय स्तरबाट गरिएको अनुगमनमा धनुषा जिल्लामै शहिदनगर नगरपालिकाले कुनै नीजि स्वास्थ्य क्लीनिकमा शिलबन्दी गरेको हो । अब अनुगमनलाई निरन्तरता दिई यस्ता कार्यमा सँलग्न सबैलाई कानुनी दायरामा ल्याउने चेतावनी मेयर बरबरियाले दिए । 

  • 0%
  • 29%
  • 0%
  • 14%
  • 14%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७८ असोज १ शुक्रबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus