५ दिनसम्म मनाइने पर्व छठमा कम्तीमा ३ दिन विदा देउ

२०७८ कार्तिक १३ शनिबार
बेलुकी ६:१९ बजे
काशिन्द्र कुमार शर्मा
File Photo

तराई मधेशमा आस्था एवम् निष्ठाको पर्व भनेर मनाइने छठ पर्व, जो की हिन्दु धर्मावलम्बीहरुको लागि कठिन र निराहार व्रतको रुपमा मनाइन्छ । 

तराई मधेशमा महिलाहरु मात्र होईनन, पुरुषहरुले समेत व्रत बस्ने महान छठ पर्व पाँच दिनसम्म मनाईन्छ । हिन्दुहरुको आस्था र निष्ठाको महान पर्व छठको उल्लास पनि तराई मधेशमा बेग्लै हुन्छ । 

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममै छठ पर्वको रौनकले यहाँको सँस्कृतिलाई झल्काउँछन् । तर, छठ पर्वमा व्रत बस्ने व्रतालुहरुको निराहार उपवासले उनीहरुको स्वास्थ्य अवस्था समान्य नहुनु स्वभाविक हो । 

छठको आफ्नो शक्ति छ, त्यसैले यहाँ भक्ती पनि छ । पाँच दिनसम्म मनाइने छठ पर्वको लागि कम्तीमा पनि दुई दिनको सार्वजनिक विदाको माग समाजिक सँजालमा उठन थालेको छ । 

समाजिक सँजाल प्रयोगकर्ताहरुले हिन्दु धर्मावलम्बीहरुको निष्ठा र आस्थाको पर्व छठमा कम्तीमा पनि दुई दिनसम्म विदा दिनुपर्ने माग उठाएको छ । यसको लागि प्रदेश सरकारले पनि सोच्नुपर्ने देखिन्छ । 

पहिलो दिन अरबा अरबाई बर्ने (माच्छ मरुवा बार्ने), दोस्रो दिन नहाई खाय हुन्छ । यो दुई दिन विदा नभएपनि व्रतालुहरुलाई धेरै फरक पर्दैन । तर, तेस्रो दिन खर्नाको दिन अनिवार्य विदा हुनुपर्ने आवाजहरु उठन थालेको छ । 

तेस्रो दिनमा व्रतालुहरुले दिनभरि उपवास बस्ने र राती पूजा गर्ने परम्परा भएकोले सो दिन कम्तीमा एक दिन अनिवार्य विदा हुनुपर्छ । दिनभरि उपवास बस्ने व्रतालु महिलाको लागि पूजाको लागि उनका घर परिवारले सघाउने गरिन्छ । यस्तोमा सार्वजनिक विदाको आवश्कयता उतिकै देखिन्छ । 

यस्तै, छठ पर्वको चौथो दिन भनेको मुख्य दिन मानिन्छ । चौथो दिन सँझिया घाँटमा जाने (अस्ताउदो सुर्यको पुजा) अर्थात अर्घ दिने गरिन्छ । चौथो दिन बिहानैदेखि सँझिया घाटमा जानको लागि र अर्घ दिनको लागि व्यस्तता हुन्छ । 

छठको प्रसाद बनाउनको लागि छठको दिन अधिक व्यवस्तता हुन्छ । सो दिन नेपाल सरकारले नै सार्वजनिक विदा दिने चलन छ । केन्द्र सरकारले यसपाली छठमा विदा दिएको छैन । यस्तोमा प्रदेश सरकारले विदा दिनुपर्छ । 

छठको पाँचो तथा अन्तिम दिन विहनीया (पारण) घाटबाट घर फर्किने दिन हुन्छ । यो दिन त अनिवार्य रुपमा विदा दिनुपर्ने माग उठेको छ । व्रतालुको लामो समयको उपावास हुन्छ आराम चाहिन्छ । घर परिवारमा सबै जना एकृकित भई छठको प्रसाद खाने हुन्छ । आफन्तजन, अतिथिलाई बोलाउने गरिन्छ । कम्तीमा यो दिन पनि सार्वजनिक विदा हुनुपर्ने माग उठेको हो ।

त्यसैले छठ पर्वमा दुई दिनको विदा अनिवार्य हुनुपर्ने र व्रतालुहरुको हकमा तीन दिनसम्म विदा प्रदेश सरकारले दिनुपर्छ । केन्द्र सरकारले नदिएपनि प्रदेश सरकारले विभिन्न समयमा विदा थपेको छ । 

तराई मधेशको बेग्लै सँस्कृति र उत्साह पनि हुन्छ । यहाँ प्रदेश २ सरकारले कम्तीमा पनि तीन दिनको सार्वजनिक विदाको लागि छलफल गरी विदा दिनुपर्छ । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७८ कार्तिक १३ शनिबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus