जनकपुरको मठ मन्दिरहरुमा मन्दिर बाहेकका कार्यक्रम निषेध गर 

२०८० फाल्गुण १३ आइतबार
बिहान ०९:११ बजे
न्यूज ब्यूरो, डेस्क

सम्पादकीय । धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) काशिराज दाहालले जनकपुरधामको जानकी मन्दिर प्राँगनमा धार्मिक कार्यक्रम बाहेकका कार्यक्रमहरु निषेध गरे । गत बर्ष मात्रै तत्कालिन सिडिओ दाहालले जानकी मन्दिरमा सो मन्दिरको कार्यक्रम बाहेक अन्य कुनै पनि कार्यक्रम नगर्न निर्देशन जारी गरे । सोही अनुरुप गत बर्षदेखि नै जानकी मन्दिरमा धार्मिक कार्यक्रम बाहेक अन्य कार्यक्रम बन्द हुँदा श्रद्धालुलाई सहज भएको छ । 

जनकपुरको मठ मन्दिरमा पूजाआजा गर्न आउने श्रद्धालु, भक्तजनको आडमा गरिने विभिन्न कार्यक्रमहरुलाई मन्दिर परिसरमा रोक लगाउनुपर्ने आवश्यकता छ । धार्मिक नगरी भनिने जनकपुरको मन्दिरहरुमा दैनिक हजारौँ श्रद्धालु आउने गरेको तथ्याँकलाई टेकेर यहाँका केही भनौदाहरुले दर्शक जुटाउन आयोजन गर्दै आएको कार्यक्रमहरुलाई मन्दिर प्राँगनमा रोक लगाउनुपर्छ । 

मन्दिरमा धार्मिक किर्तन, मन्दिरसँग सम्बन्धित कार्यक्रमहरु बाहेक अन्य कुनै पनि कार्यक्रम गर्न नदिने धनुषाका वर्तमान प्रशासनलाई चासो लिनुपर्छ । यहाँका भनौँदा नागरिक समाज, नागरिक समाजका अगुवा, क्लबकर्मी, मिडियाकर्मी, अधिकारकर्मीसहित धार्मिक अभियन्ताहरुलाई यसप्रति यथाशिघ्र चासो लिएर कुनै पनि मठ मन्दिर प्राँगनमा मन्दिर बाहेकका कार्यक्रमहरु गर्न निषेध गर्नुपर्छ । 

जानकी मन्दिरमा बाहिरि कार्यक्रम निषेध गरिएपछि जनकपुरको राम मन्दिर, राजदेवी मन्दिरमा अड्डा जमाउन थालिएको हो । महाबीर युवा कमिटिको हालीमुहाली रहेको राम मन्दिर र राजदेवी मन्दिरमा धार्मिक बाहेकका कार्यक्रमहरु गर्न दिनु अनुचित हो । मन्दिरको प्राँगन कब्जा गरी धार्मिक यात्रुलाई सास्ती दिने, मन्दिरको चारैतर्फ ठुलठुला व्यक्तिगत प्रचारात्मक बैनर झुण्डयाएर मन्दिरको मानमर्दन गरेको महसुस गर्न सकिन्छ । 

जानकी मन्दिरबाट लखेटिएपछि राम मन्दिरमा गैर–धार्मिक कार्यक्रमहरु गर्न अग्रसर भएका जनकपुरका केही मुखौटाहरुको चँगुलमा अझै यहाँका मठ मन्दिरहरु रहेको देखिएको छ । मठ मन्दिरको नाममा भँजाएर खाने यहाँका क्लब, कमिटि, समितिले समेत केही बोल्न सकेका छैनन् । झन, जिल्ला प्रशासन कार्यालय धनुषाले समेत यसबारे कुनै चासो लिन सकेका छैनन् । 

जनकपुरमा रहेको धार्मिक सँघ सँस्था, विश्व हिन्दु परिषद्, हिन्दु सम्राट सेना, धार्मिक क्लबहरुले कुनै पनि मठ मन्दिरमा गरिने गैर धार्मिक कार्यक्रमहरुलाई बन्देज गर्नको लागि प्रशासनमा जानुपर्ने आवश्यकता देखिन्छ । जनकपुरमा गैर धार्मिक कार्यक्रम गर्ने ठाउँहरु पर्याप्त भएपनि मन्दिर कब्जा गर्ने प्रवृतिले मन्दिरको गरिमा, जनकपुरको गरिमामा आँच पुरयाउने क्रम जारी छ । यसलाई यथाशिघ्र प्रशासनले बन्देज गर्नुपर्छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 96%

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

  • २०८० फाल्गुण १३ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुई साता अघि मात्र पेट्रोलको मूल्य बढाएको नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार

पूरा पढ्नुहोस्

Bureau Menus