नेपालञ्जमा दँगा भडकाउन खोज्ने जसपाका वडाध्यक्ष 'सराफत खान' लाई पक्राउ गर

२०८० असोज १७ बुधबार
बिहान ०८:२८ बजे
काशिन्द्र कुमार शर्मा

सम्पादकीय । समाजिक सँजाल प्रयोगकर्तामा अहिले पनि अधिकांश बढी अशिक्षित, संवेदनशिल, अचेत नागरिकहरु बढी सक्रिय छन् नेपालबाट । हुनतः भारतमा पनि यस्तै रबैया छ तर भारत हामीभन्द एक कदम यस मामिलामा अगाडी छन् । भारतमा समाजिक सँजालको प्रयोगमा राम्ररी कडाई पनि छ । नेपालमा भने यस्तो छैनन् । 

सामाजिक सञ्जालको प्रयोग कतिसम्म संवेदनशील छ भन्ने कुरा नेपालगञ्जमा उत्पन्न धार्मिक तनावबाट सिक्नुपर्ने आवश्यकता छ । सामाजिक सञ्जालमा लेखिएको जथाभावी टिप्पणीले बाँकेमा हिन्दु र मुस्लिम समुदाय आमने–सामने भएका छन् । जुनसुकै बेला दंगा भड्किने खतरा उत्पन्न भएपछि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरभित्र अनिश्चितकालीन कर्फ्यु लगाएको छ । 

तनावको निहुँ ठूलो छैन । ११ असोजमा मुस्लिम समुदाय मोहम्मद डेमा रमाइरहेको थियो । बाँके नरैनापुरका एक युवाले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको नाम जोड्दै सामाजिक सञ्जालमा जथाभावी स्टाटस लेखे । जार्बुद यादव नामको फेसबुक आईडीबाट सो टिप्पणी लेखिएको थियो । न धेरै फलोअर्स थिए, न त लेख्ने व्यक्तिकै परिचय राम्ररी खुलेको थियो । तर, धार्मिक निन्दा गरिएको त्यो टिप्पणीबाट मुस्लिम समुदाय तरंगित हुन पुग्यो । 

सोही फेसबुक स्टाटसका कारण तनाव बढ्दै जाँदा मंगलबार नेपालगञ्जमा दुई समुदायबीच झडप र कर्फ्यु लाग्ने अवस्था सिर्जना भयो । दुई समुदायलाई आमनेसामने ल्याउन नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष “सराफत खान” को मुख्य भूमिका देखिएको प्रहरी स्रोत बताउँछ ।

जथाभावी स्टाटस लेखेको भन्दै खानको नेतृत्वमा १४ असोजमा एउटा पक्षले नेपालगञ्जमा प्रदर्शन गर्‍यो । सो पक्षले प्रदर्शनका क्रममा टायर बाल्ने, अर्को समुदायप्रति उग्र नाराबाजी गर्ने र जिल्ला प्रशासन कार्यालयभित्र पुगेर झण्डा गाडे गरेपछि अर्को पक्ष विरोधमा उत्रियो । यसैबीचमा खजुराखुर्दका युवाहरूले कलुवा नामको टिकटक आईडीमा हिन्दुप्रति गालीगलौज गरेको भिडियो भाइरल भइसकेको थियो ।

जसपाबाट निर्वाचित वडाध्यक्ष खान स्वयम्‌ले अर्को समुदायविरुद्ध उत्तेजना फैलाउने गरी अभिव्यक्ति दिएपछि नेपालगञ्जमा योजनाबद्ध विरोध प्रदर्शनको तयारी हुन थाल्यो । सो घटनाबारे जसपाको आधिकारिक धारणा मागियो । वडाध्यक्ष खानले माफी माग्नुपर्ने अडान अर्को पक्षको रह्यो । तर, त्यसका लागि उनी तयार भएनन् ।

मँगलबार नेपालगँजको शान्ती सुरक्षामा खलल पुरयाउने मुख्य भिलेनको रुपमा वडाध्यक्ष सराफत खानको भूमिका रहेको प्रहरीले पनि पुष्टि गरेकै हुन् । सराफत खानलाई अब मेयर बन्नु छ नेपालगँजमा । पदको राजनीतिको लागि उनले एक समुदायकै नेता हुँ भनेर साबित गर्न खोज्दा दुई समुदायबीच तनाव उत्पन्न भएको छ । 

सराफत खानको बलजफ्ती र वर्तमान घटनाक्रमले उत्पन्न तनावबीच ओमकार परिवारले मंगलबार नेपालगञ्ज बन्द आह्वान गर्‍यो । ‘शान्तिपूर्ण’ र्‍याली निकाल्ने जानकारी स्थानीय प्रशासनलाई गराइयो । भिन्न समुदायबीच एकपछि अर्को प्रदर्शनले नगरको शान्तिसुरक्षा खलबलिने विश्लेषणसहित स्थानीय प्रशासनले १५ असोजमा सर्वपक्षीय बैठक बोलायो । सो बैठकले सामाजिक तथा धार्मिक सद्भाव र्‍याली निकाल्ने निर्णय त गर्‍यो तर ओमकार परिवारको नेपालगञ्ज बन्द र प्रदर्शन रोक्न सकेन ।

मंगलबार बिहान नेपालगञ्जमा निकालिएको सद्भाव र्‍यालीमा केही धार्मिक अगुवा, राजनीतिक कार्यकर्ता, उद्योगी व्यवसायी सहभागी भए पनि उल्लेख्य सहभागिता भने देखिएन । दुई पक्षले भित्रभित्रै प्रदर्शन र प्रतिवादको तयारी गरिरहेको बुझ्न गाह्रो भएन ।

बागेश्वरी मन्दिरको पूर्वी गेटबाट निस्केको ओमकार परिवारको जुलुस सेतु बिक चोक, धम्बोझीहुँदै बीपी चोक पुग्दासम्म शान्त नै थियो । जुलुसमा सिसा प्रहार भएपछि सहभागीको भागाभाग हुन पुग्यो । त्यसले दुई पक्षबीच झडपको स्थिति आयो । बीपी चोक र इदगाह रोडमा दुई पक्ष आमनेसामने भएर ढुंगा हानाहान गरेपछि नियन्त्रण गर्न प्रहरीले एक दर्जनपटक हवाई फायर गरेको थियो । सो झडपमा प्रहरी र प्रदर्शनकारीहरू घाइते पनि भएका छन् । घाइतेको नेपालगञ्जका अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।  

‘बहुधार्मिक, बहुसांस्कृतिक शहरका आफ्नै संवेदनशीलता हुन्छन् । जनप्रतिनिधिले विवाद वा तनाव बढाउने हैन, संयम र धैर्यतापूर्वक शान्ति कायम गर्न लाग्नुपर्छ, भनेर नेपालगञ्जका मेयर प्रशान्त विष्टले दँगा फसाद गराउनेलाई कानुनी दायरामा तुरुन्त ल्याउनुपर्ने धारणा राख्नुभएकै हो । 

फेसबुक स्टाटसको विवाद धार्मिक तनावसम्म पुग्नुमा स्थानीय प्रशासनको कमजोरी मुख्य देखिएको छ । धार्मिक र साम्प्रदायिक प्रदर्शनलाई निषेधाज्ञा लगाएर रोक्नुपर्नेमा जिल्ला प्रशासनले अनुमति दियो । त्यसले एकपछि अर्को प्रदर्शनलाई निम्त्यायो । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले स्थितिलाई सम्हाल्ने गरी परिपक्वता देखाउन नसक्दा प्रहरी प्रशासन मुकदर्शनजस्तो बन्न पुग्यो । उनी भने अमुक व्यक्तिले केही लेख्दैमा वा टिकटकमा बोल्दैमा उत्तेजित भएर प्रदर्शनमा उत्रिनु दुर्भाग्यपूर्ण रहेको बताउँछन् ।

साधारण फेसबुक स्टेटसमा मेयर पदको लागि राजनीतिक खोजेका वडाध्यक्ष सराफत खानलाई दुई समुदायबीचको तनावको जिम्मेवार ठहराई यथाशिघ्र कानुनी दायरामा ल्याएर कारवाही गर्न सके आगामी दिनमा यस्ता तुच्छ सोंच भएका जनप्रतिनीधिले धार्मिक दँगा गराउनबाट डराउनेछन् । उनलाई तुरुन्त कारवाही गर्नुपर्छ । 

  • 5%
  • 3%
  • 1%
  • 1%
  • 0%
  • 2%

Bureau Menus