न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

२०८१ बैशाख १२ बुधबार
बिहान ०९:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् । कृतिम रुपमा योजनावद्ध तवरले दुर्घटनाको रुप दिने प्रयास गरिएको देखिएको छ । 

मँगलबार विहान ३ बजेको समयमा धनुषाको ढल्केवर–जनकपुरधाम सडकखण्डमा ढल्केवर बजारदेखि करिब ७०० मिटर दक्षिणमा देखाइएको सो दुर्घटनास्थलको दृश्य हेर्दा उनलाई हत्या गरी फालिएको हुन सक्ने विभिन्न शंका उपशंका उब्जिएको छ । गाउँमै केही स्थानीयसँग रहेको जातीय दुश्मनीको शिकार हुन पुगेका पत्रकार यादवको घटनाको अनुसन्धान सिआईबी तहबाट हुनुपर्छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाले यस घटनालाई गम्भिरताको साथ लिएको छ । धनुषाका एसपी भुवनेश्वर तिवारी र डिएसपी रञ्जन अवाले पत्रकार मृत्यू प्रकरणलाई गम्भिरताको साथ लिएको बताएका छन् । आफैँ घटनास्थल पुगेर घटनाको प्रकृति हेर्दा दुर्घटनामा शंका उब्जिएको बताइन्छ । सुरक्षा निकायमै अधिकारीले शंका व्यक्त गरेपछि उनलाई सुनुयोजित तवरले हत्या गरी दुर्घटना बनाउन खोजिएको देखिएको छ । 

मँगलबार नै पोष्टमार्टम गरिएको उनको रिपोर्ट आए लगत्तै अनुसन्धानलाई नयाँ शीरबाट लैजाने प्रहरीको प्रतिबद्धताले पत्रकार यादवको घटनाको अनुसन्धान गहन रुपमा हुने विश्वास छ । यद्यपी, घटनामा स्थानीय व्यक्तिहरुको संलग्नता केही फोन कल, व्यवहार, बोली बचनले दिएको पुष्टि हुन्छ । पत्रकार यादवलाई जालमा पारी हत्या गरेर फालिएको परिवारजनको आरोप अनुसार प्रहरीले अनुसन्धानलाई तिव्रता दिनु आवश्यक छ । 

घटनामा राजनीतिक सँलग्नता समेत हुन सक्ने अवस्था देखिन आएकोले यसलाई उच्चस्तरीय छानबिन अन्तर्गत सिआईबीसँग सहकार्य गरी छानबिन गर्नुपर्छ । छानबिनलाई गम्भिर रुपमा मूर्तरुप दिइ पत्रकार यादवको हत्यामा सँलग्नलाई कारवाही गर्न माग गर्दछौँ । 

 
  • 4%
  • 0%
  • 0%
  • 0%
  • 96%
  • 0%

न्यूजब्यूरोको प्रभावः सिरहाका एसपी आचार्यका यी घुमुवाहरुको काज सरुवा

  • २०८१ बैशाख १२ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । सिरहाका एसपी सँतोष आचार्यका प्याटेन्ट घुमुवा रहेका प्रहरीहरुलाई काज सरुवा गरिएको छ । दरबन्दी रहेका साबिककै स्थानमा उनीहरुलाई पठाएको हो ।  खुलेआम तस्करीको लाईन खोलेर तस्करी गराउन

पूरा पढ्नुहोस्

Bureau Menus