भारती जस्तै 'आरती' लाई पनि न्याय देउ सरकार !

२०८० कार्तिक १७ शुक्रबार
बिहान ०८:०१ बजे
काशिन्द्र कुमार शर्मा

सम्पादकीय । न्याय व्यवस्था मरिसकेको भनेर थेगो भएको अवस्थामा विहिबार सर्वोच्च अदालतले दिएको निर्णयले न्याय व्यवस्था देशमा अझै जीवित छ भनेर अनुभूति दिलायो ।

हत्या मुद्दामा जेल सजाय काटिरहेका गुण्डा नाईके रिगल भन्ने योगराज ढकाललाई सत्तापक्षले दिएको आममाफीलाई उल्टाउँदै सर्वोच्च अदालतले एक नजिर कायम गर्दै आम माफीलाई पल्टाएकोमा देशैभरि चर्चा चल्यो ।

नेपालगँजकी चेतन मानान्धरकी श्रीमति भारती मानान्धरले आफमाफीको विरुद्ध दिएको रिटमा सुनुवाई हुँदै रिगललाई पुनः जेल सजायको फैसला सुनाउँदा न्याय व्यवस्था अझै जिवित रहेको महसुस गरायो । भारतीयले न्याय पाईन् । तर, त्यही विगत ५ महिनाभन्दा अधिकदेखि न्यायको लागि भौँतारिरहेकी मृतक आरती साहको परिवारलाई कानुनले अझै न्याय दिन सकेको छैनन् । 

दाईजोको कारण हत्या गरी झुण्डयाईएकी आरती साहको परिवार विगत ५ महिनादेखि निरन्तर माईतीघर मण्डलामा छोरीमा हत्यारालाई कारवाहीको माग गर्दै भौँतारिरहेकी छन् तर अझै न्याय पाउन सकिरहेको छैनन् । हत्या नै होईन भनेर पनि अदालतले पुष्टि गरिदिए उनीहरु आन्दोलन फिर्ता लिएर घर फर्किनेछन् तर आरतीले जुन रफ्तारमा न्याय पाईन आरतीको लागि न्याय व्यवस्था नै नरहेको महसुस गराउँदै देखिएको छ । 


श्रीमानको हत्यारालाई आममाफी दिएपछि भारती मानान्धरको धर्ना

ससुरा पक्षबाट जनकपुरकी आरती साहलाई हत्या भएको दाबीसहित सत्यतथ्य जाँचबुझ गरेर न्याय माग्दै विगत ५ महिनादेखि निरन्तर भोक, आँधी बहेरी, चिसोमा धर्ना जारी राख्ने उनकी आमा र बहिनीको धैर्यताको परीक्षा सरकारले लिरहेको छ । आरती साहको न्यायको लागि यति ढिलाई किन भईरहेको छ भनेर प्रश्न उब्जिएको छ । 

भारती मानान्धरले न्याय पाउँदा खुसी हुने नागरिकले आरती साहको चित्कारलाई अझै सुन्न सकिरहेको छैनन् । न त न्याय व्यवस्था नै आरती साहको परिवारको दुःख पीडालाई बुझिदिएको छ । झन काठमान्डौँ केन्द्रीत मिडियाहरुले समेत जसरी भारती मानान्धरको मुद्दालाई उचालेर न्याय दिलाउन सफल भयो, आरती साहको मुद्दामा मौनता लादिरहेको देख्दा मिडियाप्रति पनि प्रश्न तेर्सनु स्वभाविक हो ।

आरती साहको न्यायको लागि जनकपुरका युवाहरुको निरन्तर सहयोग र समर्थन छ । उनीहरुले जीउ ज्यानले आरती साहको न्यायको लागि निरन्तर धर्ना बस्दै आएका छन् यद्यपी उनीहरुलाई सुन्ने कोही देखिदैनन् । अब समाजिक सँजालमा एक मात्र कुरा दोहोरिदैछन् –“भारतीले न्याय पाईन, आरतीले कहिले पाउलान् ?
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वडाध्यक्ष निरालालाई भोलीसम्म रिहा गरेन भने पाँच सय बढी जनता गिरफ्तारी दिन्छौँ : सँयोजक भण्डारी

  • २०८० कार्तिक १७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको बेतिथि विरुद्ध प्रदर्शनमा गएका सोही नगरपालिकाका निर्वाचित वडाध्यक्ष उमेश कुमार निरालालाई प्रहरीले पक्राउ गरेको भन्दै अविलम्ब रिहाईको माग गरेको छ ।  शहिदनगरको सर्वदलिय संघर्ष

पूरा पढ्नुहोस्

Bureau Menus