ट्राफिक प्रहरी हबल्दारमाथी हेडक्वाटरमा उजुरी, प्रहरी भन्छ-'व्यक्तिगत रिसबीले उजुरी'

२०७८ चैत १९ शनिबार
बिहान ११:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । एक ट्राफिक प्रहरी हबल्दारले एक सर्वसाधारणबाट जबरदस्ती तमसुक बनाएको भन्दै प्रहरी प्रधान कार्यालयमा अनलाईन उजुरी गरिएको छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर ११ बस्ने एक युवकले महानगरीय प्रहरी प्रभाग फर्पिङमा कार्यरत एक प्रहरी हवल्दारका विरुद्धमा उजुरी गरेको हो । 

आफूलाई पीडित बताउँदै युवकले हेलो सरकार मार्फत सर्लाही साविक सिमरा गा.वि.स. वडा नम्बर २ घर भई हाल विष्णु गाउँपालिका वडा नम्बर ६ स्थित कार्यरत प्रहरीविरुद्ध प्रहरी हेडक्वाटरमा उजुरी गरिएको हो । 

गत चैत्त १० गते ती युवकले ट्राफिक प्रहरीलाई उदृत गर्दै फोन मार्फत बोलाएर एक होटल पछाडी सुनठाउँमा लगी बलपुर्वक जवरजस्ती पचास हजार रुपैयाँको तमसुक कागजमा सही छाप गर्न लगाई कोही कसैलाई भने ज्यान मार्ने धम्की समेत दिई हातपात गरेको प्रहरी हेडक्वाटरमा पठाएको उजुरीपत्रमा उल्लेख छ ।

गत चैत्त १८ गते शुक्रबार हेलो सरकारको एप मार्फत प्रहरी प्रधान कार्यालयमा एचएस वेभ २७३२६ नमबरको टिकटमा युवकले ट्राफिक प्रहरी हबल्दार विरुद्ध दिएको निवेदनमा गत चैत्त १० गते नै फोन गरी बोलाई तमसुक गराउँदै कसैलाई भनेमा मार्ने धम्की समेत दिएको उल्लेख गरिएको हो । 

यसैबीच, प्रहरी हवल्दारले भने आफुमाथि लागेको आरोप निराधार रहेको बताएका छन् । उनले आफु माथि लागेको आरोपको खण्डन गर्दै पीडित भनिएका युवकलाई आफुले साथीको रूपमा मात्रै चिनेको र कुनै प्रकारको मिटर ब्याजमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

उनले भने, त्यस्मा मेरो कुनै संलग्नता छैनन् । गाह्रो पर्‍यो भनेपछि मैले उनलाई सापटीबापत रकम मात्रै दिएको हुँ । म एउटा प्रहरी हवल्दार जस्तो दर्जाले मिटर ब्याजमा लगाउने पैसा कहाँबाट ल्याउन सक्छौं र ?

उनले अदालतबाट पीडित भनिएको युवक बैँकिङग कसुर मुद्दामा थुनुवामा परेको बताइएको छ । बैँकिँग कसुरमा ती युवकलाई पक्राउ पूर्जी जारी गरिएको प्रमाण समेत पेश गरिएको छ । 

यता, पीडित भनिएको युवकले उनीसँग लिइएको पैसा तिरेपनि ५० हजार रुपैयाँ अतिरिक्त चाहियो भन्दै फोन गरी बोलाएर जबरदस्ती तमसुक बनाएको आरोप लगाएका छन् । होटेल पछाडी लगेर बर्दिको धाक लगाउँदै प्रहरी हबल्दारले धाकधम्की दिएर कागज गराएको बताइएको छ । 

लेनदेनको तमसुका कागजातमा दुवै पक्षको साक्षीहरु हुनुपर्दछ । यहाँसम्मकी कागजात बनाएको सम्बन्धित वडा कार्यालयमा कागजात दर्ता हुनुपर्ने प्रावधान भएपनि प्रहरी हबल्दारले बनाएको कागजातमा उनको तर्फबाट एक साक्षी देखिएपनि अर्को पक्षबाट कुनै पनि साक्षी नदेखिदा कागजात मिथ्या र जबरदस्ती बनाएको प्रष्टयाएको छ । 

युवकले भने, –“चैत्त ११ गते प्रहरी बोलाए, म गएपछि मलाई थुनामा राखियो, १४ गते लेनदेन १ लाख लिएर क्लीयर भयो । म थुनामुक्त हुने अवस्थामा उनले थप ५० हजार रुपैयाँ माग्न थाले । त्यतिबेला आगमी दुई दिन विदा परेकोले दुई दिन थुनामा बस्नुपर्छ भनेर दिन्छु भन्दै थुनामुक्त भए । तर, उनले बोलाएर ५० हजार वापत जबरदस्ती तमसुक बनाएर औठा छाप लियो । यो त तरिका भएन नी ? उसले मलाई पैसा दिएको कुनै प्रमाण पेश गर्नुपरयो ।”

यसका साथै, युवकले लेनदेन हुँदा उसले डेढ लाख रुपैयाँ दिएको भनेर प्रमाण पेश गर्न चुनौती पनि दिए । लेनदेन मुद्दामा १४ गतेमा सहमति भएपनि कागजात भने १० गतेकै बनाएर गैर कानुनी कार्य गरेको तथा आफू पीडित भएपछि प्रहरी हेड क्वाटरमा उजुरी गरेको बताए । 

उनले आफू पीडित भएपछि स प्रमाण सहित उजुरी गरेको दाबी गर्दै ती प्रहरी हबल्दारमाथि अनुसन्धान भए दोषी ठहरिने दाबी गरे । प्रहरी हबल्दारको नाममा ६ वटा सिमकार्ड र तीन वटा बैँकमा बैँक खाता रहेको दाबी उनले गरे । 

उनको सम्पति अनुसन्धान गरे अवैद्यानिक रकमहरु उनको बैँक खातामा हुने आरोप युवकले लगाए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७८ चैत १९ शनिबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus