माओवादीको वडाध्यक्ष उम्मेदवार उपरको आक्रमण जसपाले गरेको होईनः उम्मेदवार यादव 

२०७९ बैशाख २४ शनिबार
रति ९:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । ३० गते हुने चुनावको लागि माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका सर्वदेव यादवको बुवामाथि भएको आक्रमण जनता समाजवादी पार्टी (जसपा) ले नगरेको बताइएको छ । 

कमला नगरपालिका वडा नम्बर १ को जसपाबाट वडाध्यक्षका उम्मेदवार एवम् निवर्तमान वडाध्यक्ष राजकुमार यादवले उम्मेदवारको बुवा र एमालेका उम्मेदवारमाथि भएको आक्रमण जसपाले नगरेको प्रष्टयाएका छन् । 

नेपाल जस्तो लोकतान्त्रिक देशमा निर्वाचन प्रक्रियाद्वारा प्रतिनिधि छनौट गर्ने बिधिमा जनताले अफ्नो मत दिने निर्वाचन नजिकिँदै गरेको अवस्थामा माओबादी पार्टीको वडा अध्यक्ष उमेदवारको बुवा तथा  एमाले वडा सदस्य उमेदवार माथी अज्ञात समुहद्वारा सांघातिक आक्रमण भएको भन्दै घटनाको भत्सर्ना समेत गरेका छन् । 

 आफ्नो राजनीतिक उदेश्य प्राप्त गर्न यस्ता षड्यन्त्रमूलक अपराधिक घटनाहरू घटाउने जुनसुकै समूह वा व्यक्ति भए पनि न्यायिक कारवाही हुनुपर्ने बताएका छन् । 

समाजिक सँजालमा मार्फत डिजिटल प्रेस विज्ञप्ति जारी गर्दै वडाध्यक्ष पदका उम्मेदवार यादवले घटनाको निष्पक्ष छानबिनको लागि प्रशासनसँग आग्रह समेत गरेका छन् । 

कसै कुनै दवावमा नपरी वास्तविक तथ्य पत्ता लगाई निर्दोष व्यक्तिलाई नफँसाउन आग्रह गर्दै उनले दोषीलाई कानुनको दायरामा ल्याउन आग्रह गरेका छन् । 

उनले लेखेका छन् –“निर्वाचन अतिनजिक आईसकेको अवस्थामा कुनै उमेदवार तथा पक्षको ब्यक्तिलाई दोष लगाएर निर्वाचन प्रभावित नगर्न अनुरोधको सथै यस घटनामा जसपा नेपाल संलग्न नरहेको ब्यहोरा सम्पुर्णमा जानकारीको लागि अनुरोध गर्द्छु।”

सो घटनामा घाईते भएका माओवादीबाट वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुवा चन्द्र नारायण यादव र एमालेका वडासदस्य हरेराम मण्डलमाथि गत बुधबारको राती करिब १२ः३० बजेको समयमा अज्ञात व्यक्तिहरुले घर पसेर ज्यान मार्ने प्रयास गरेका थिए । 

गम्भिर घाईते भएका उनीहरुले मँगराहाकै एक जनाको नाम लिएका छन् भने अन्य जना कमला नगरपालिका वडा नं. २ माचि झिटकैयाको रहेको भनेर चिनेको प्रतिक्रिया दिएका छन् । 

यद्यपी, प्रहरीले यसप्रति अनुसन्धान जारी रहेको बताएका छन् । स्थानीयहरुले प्रहरीको जिम्मेवारीप्रति पनि शंका जाहेर गरेका छन् । उनीहरुले दोषीलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७९ बैशाख २४ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus