मोटरसाईकल दुर्घटना प्रकरणः मृतक युवकको टाउकोमा शँकास्पद निशान, घटना शंकास्पद !

२०७९ श्रावण १६ सोमबार
बिहान ०९:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । गत शनिबार राती धनुषाको सबैला नगरपालिका वडा नं. १० स्थित भनिएको मोटरसाईकल दुर्घटना शंकास्पद देखिएको छ । 

प्रहरीले मोटरसाईकल दुर्घटना भएर धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ पतनुका बस्ने बर्ष ३० को मुकेश कापरको मृत्यू भएको बताएपनि घटनामा शंका उत्पन्न भएको छ । 

मृतक मुकेश कापरका बुवा फुलहाई कापरले आफ्नो छोरालाई योजनावद्ध तवरले मारेको दाबी गरेका छन् । उनले मोटरसाईकल दुर्घटना हुँदा शरिरमा देखिनुपर्ने घाउ नदेखिएको भन्दै कसैले मारेर त्यहाँ मोटरसाईकल दुर्घटना देखाएको बताएका छन् । 

मृतक कापरको टाउकोमा लागेको चोट शंकास्पद देखिएको छ । मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल भाँचिने, स्क्रेच आउने, घटनास्थलमा घिसारिएको चिन्ह भेटिनुपर्ने, तीव्र गतिमा भएको भए मोटरसाईकल सडकभन्दा तल खस्नुपर्ने, गाडीले ठक्कर दिए मोटरसाईकल पूर्ण रुपमा क्षतिग्रस्त हुनुपर्नेमा त्यस्तो केही चिन्ह नदेखिएको उनको वुवाले दाबी गरेका छन् । 

मोटरसाईकल दुर्घटना हुँदा जसरी कापरको टाउकोमा करिब डेढ ईन्च भित्रसम्म घाउ लागेको छ सो अनुसार कसैले मारेर उनलाई सो स्थानमा दुर्घटना देखाउन खोजेको आरोप लगाएका छन् । 

मोटरसाईकल दुर्घटना हुँदा मृतकको शरिरमा खरोच, घाउ आउनुपर्नेमा टाउको बाहेक शरिरको अन्य भागमा घाउ नदेखिएपनि उनको हात, खुट्टा भाँचिएको देख्दा शंका उत्पन्न भएको बताइएको छ । 

उनको बुवा फुलहाई कापरको अनुसार मुकेशलाई फोन गरी बोलाएर हत्या गरेको हो । शनिबार राती मुकेशसँग ७० हजार रुपैयाँ नगद रहेको दाबी गरिएको छ । उनलाई उनकै नजिकीहरुले हत्या गरी फालेको हुन सक्ने शंका उनको बुवाले जनाएका छन् । 

उनको मोटरसाईकल पछाडी बसेको भनिएको कमला नगरपालिका वडा नं. ४ साघाराका विनोद साह (घाईते) ले पटक पटक बयान परिवर्तन गर्ने गरेको बताइएको छ । जति पटक सोधे तथ्य मिलाएर भन्न थालेपछि झन शंका उत्पन्न भएको उनको बुवाले बताएका छन् । 

शनिबार बेलुकी करिब ८ः३० बजेको सबैला नगरपालिका वडा नम्बर १० स्थित यदुकूहा–बीरेन्द्रबजार सडकखण्डमा मुकेश र विनोद गम्भिर अवस्थामा देखिएको प्रहरीले जनाएको छ । त्यतिबेला नै प्रहरीले दुवै जनालाई एम्बुलेन्स मार्फत अस्पताल पठाउँदा मुकेशको मृत्यू भएको घोषणा गरिएको थियो । 

सबैला प्रहरीले प्रथम पटक मुकेशको घटनास्थलमै मृत्यू भएको देखिएको बताएपनि पछि उनले गम्भिर अवस्थामा अस्पताल पुरयाउँदा अस्पतालले मृत घोषणा गरेको बताएका छन् । उनको बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ । 

सबैला तर्फ जाँदै गरेको लु ७१ प ३६२३ नम्बरको मोटरसाईकल शहिदनगर नगरपालिका वडा नम्बर ४ हौवाहीस्थित रहेको हाथी पेट्रोल पम्पदेखि करिब ३०० मिटर उत्तर तर्फ सबैला नगरपालिका वडा नम्बर १० पर्ने सो सडक घटनास्थल रहेको छ । 

दुर्घटनामा परेको मोटरसाईकलको मात्र अगाडीको भाईजर फुटेको देखिएको छ । लेगार्ड वा अन्य भागमा मोटरसाईकललाई केही नभएको हेर्दा घटना शंकास्पद भएको आरोप उनको वुवाको छ । 

गाउँमै आफ्नै आफन्तसँग दुश्मनी चलिरहेको बताउँदै आफ्नो छोरालाई मारिदिने धम्की दिँदै आएको भन्दै ३÷४ जनाको नाम समेत भनेका छन् । यद्यपी, प्रहरीले यसबारे पोष्टमार्टमपछि उनको रिपोर्ट अनुसार अनुसन्धान थाल्ने बताएका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 11%
  • 78%
  • 11%

न्यूजब्यूरोका पत्रकार यादवले प्रहरीसँग मागेका थिए सुरक्षा, आरोपितहरु गाउँबाट भागे

  • २०७९ श्रावण १६ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुर्घटना भनेर हत्या गरिएका न्यूज ब्यूरोका कार्यकारी सम्पादक विनय कुमार यादवले केही दिन अगाडी धनुषा प्रहरीसँग आफ्नो ज्यानको सुरक्षा मागेको खुलेको छ ।  पत्रकार यादवको मोबाईलमा भेटाएको

पूरा पढ्नुहोस्

Bureau Menus