मधेशप्रति विभेद बोकेका नश्लिय 'प्रचण्ड' हरुलाई मधेशमा प्रवेश निषेध गर 

२०७९ माघ ६ शुक्रबार
बिहान ०८:२४ बजे
काशिन्द्र कुमार शर्मा

सम्पादकीय । विहिबार संघीय संसद भवनमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवम् प्रतिनीधिसभा सदस्य डा. सिके राउतले मधेश बलिदानी दिवसमा शहिदहरुप्रति एक मिनेट मौन धारण गर्न आग्रह गरे ।

संघीय संसदमा विहिबार उपस्थित सयौँ संसदहरुमध्ये केही संसद, मन्त्रीहरुले शहिदहरुप्रति सम्मान दिन एक मिनेटको मौन धारण गर्न आग्रह गर्दा पनि आफ्नो कुर्शी छाडेर उठेनन् । धेरैलाई यो समान्य लाग्न सक्छ । तर, यो असमान्य परिस्थिति सृजना गरेको देखियो । 

विभिन्न क्रममा भएको मधेश आन्दोलनको क्रममा अधिकार प्राप्तीको लागि आफ्नो ज्यानको आहुती दिनुभएका वीरशहिदहरुप्रति सम्मान प्रकट गर्न, श्रद्धाञ्जली प्रकट गर्न पहिलो पटक संसद भवनमा कसैले जिगरा देखाउँदै एक मिनेट मौन धारणको लागि आह्वान गर्दा नश्लिल प्रवृति, पहाडी–मधेशीको अनुभूति गर्ने प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री राजेन्द्र लिंगदेन, कृषि मन्त्री ज्वाला साह लगायत दर्जन बढी साँसदहरुले शहिदलाई अपमान गरे ।

कुनै पनि देशमा शहिद क्षेत्रीय हुँदैनन् । अधिकार प्राप्तीको लागि लडेका वीर योद्धाहरु कुनै क्षेत्रको, कुनै ठाउँको मात्र सीमित हुँदैनन्, सिँगो देशको शहिद मानिन्छन् । अधिकारको लागि ज्यानको आहुती दिने वीरहरुलाई शहिद घोषणा गर्ने यही सरकार हुन्छन् । तर, मधेशप्रतिको विभेद, मधेशीप्रतिको नश्लिल चरित्र सँसद भवनमा विहिबार उदाङगो भयो । 

मधेश प्रदेश सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनीधिसभा सदस्य डा. सिके राउतले संघीय सँसदमा पहिलो पटक मधेश आन्दोलनका शहिदहरुलाई स्मरण गराउन खोजे, अन्य संसद, नेता, मन्त्रीहरुले एक मिनेट मौन धारण गरेर शहिदहरुप्रति सम्मान प्रकट गरे, तर माओवादीका अध्यक्ष प्रचण्ड, मधेश प्रदेशकै कृषि मन्त्री ज्वाला साह, राप्रपाका अध्यक्ष राजेन्द्र लिँगदेन जस्ता अनुहारले शहिदको खुल्लेआम अपमान गरे । 

अहिलेसम्म कुनै पनि मधेशवादी दलका नेताहरुले, संसद मन्त्रीहरुले गर्न नसकेको काम डा. सिके राउतले संसदको नियमित बैठकको पहिलो दिनमै रोष्ट्रमै शहिदप्रतिको सम्मान दिन लगाउँदा एक इतिहास बनाए भने मधेशप्रतिको विभेद छताछुल्ल देखाउन उनले नेताहरुलाई नाङगो पनि पार्न सफल भए । 

प्रचण्ड, ज्वाला साह, राजेन्द्र लिँग्देन लगायत दर्जन बढी संसदहरुले मधेश आन्दोलनका शहिदहरुप्रति देखाएको नश्लीय चरित्र, नश्लीय विभेदलाई मधेशले स्मरण राख्नेछ । यही चुनावमा माओवादीको पत्ता साफ गरेका मधेशी जनताहरुले अर्को चुनावमा पूर्ण सफाया गर्नेछैन भन्न सक्ने अवस्था छैनन् ।

राज्यले नै शहिद घोषणा गरेका शहिदहरुप्रति प्रचण्डले देखाएको नश्लीय व्यवहारको लागि मधेशले प्रचण्डलाई क्षमा गर्ने छैन् । अब, मधेशमा प्रचण्ड, लिँग्देन र मन्त्री ज्वाला साहलाई प्रवेश निषेध जनताले गर्न सक्नुपर्छ । शहिदहरुप्रति अपमान चरित्र देखाउने एमाले, माओवादी, राप्रपाका नेताहरु अब मधेश प्रदेश निषेधको नितान्त आवश्यकता देखिएको छ । 

  • 13%
  • 0%
  • 0%
  • 0%
  • 13%
  • 7%

Bureau Menus