
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारतको सीमानाकामा रहेको भन्सार कार्यालयका कर्मचारीहरुले घुस लिएर समान पास गराउने कुनै नयाँ कुरा होइनन् ।
भन्सारकै कर्मचारीको मिलोमत्तोमा करोडौँको समान भन्सार छली गरी नेपाल ल्याउने तथ्य पनि नयाँ होइनन् । तर, केही समान ल्याउँदा भन्सारका कर्मचारीहरु पनि घुस लिने गरेको कुरा भन्दा अपत्यार लाग्न्छ सक्छ । यद्यपी, यो सत्य हो ।
भन्सारका डयुटीका कर्मचारीहरुले दैनिक उपभोग्य वस्तुको लागि पनि २० देखि १०० रुपैयाँसम्म लिने गरेका छन्, तर भन्सारका कर्मचारी समेत सर्वसाधारणहरुबाट घुस लिने गरेको भिडियो बाहिरिएको छ ।
धनुषाको दक्षिणी भेक धनौजी गाउँपालिका वडा नम्बर ४ भडरियास्थित रहेको छोटी भन्सार कार्यालयका एक कर्मचारीले समान पास गराउन घुस लिएको भिडियो न्यूज ब्यूरोले फेला पारेको छ ।
न्यूज ब्यूरोको गोप्य अपरेशनको क्रममा भडरियास्थित रहेको भन्सार कार्यालयका कर्मचारी हरि पोखरेलले घुस लिएको भिडियो फेला परेको छ । उनले एक टिन तेल पार गराउनको लागि एक आम सर्वसाधारणसँग २०० रुपैयाँ घुस लिएको भिडियोमा हेर्न सकिन्छ ।
भिडियोमा सुरुमा एक वश्यक मान्छेले उनलाई १०० रुपैयाँ दिएकोमा उनले १०० रुपैयाँ नलिने तथा २०० रुपैयाँ कम्तीमा दिन मागेको पनि सुन्न सकिन्छ । भन्सार कार्यालयभन्दा केही पर सानो झुपडी बनाएर सर्वसाधारणहरुबाट घुस लिने गरेको छ ।
खास, त्यो झोपडी घुस लिनकै लागि बनाइएको हो । भन्सार कार्यालय हुँदाहुँदै पोखरी डीलमा झोपडी बनाएर घुस लिने गरेका छन् । भारतबाट भन्सार छलीको समान ल्याउनेहरुलाई सोही झोपडीमा लगेर घुसको बार्गेनिँग गरी समान पास गराउने गरेका छन् ।
भडरिया नाकाबाट दिनहुँ राती लाखौँको समान पास गराउन भन्सारका कर्मचारीको मिलोमत्तो रहेको छ । भन्सारले घुस लिएर माल पास गराउने गरेका छन् ।
यस घुसको भिडियोमा भन्सार कार्यालय भडरियाका प्रमुख रामनारायण राउतसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेनन् ।
मलँगवा घटनामा मधेशका मुख्यमन्त्री किन 'बौक'
- २०७९ फाल्गुण १५ सोमबार
सम्पादकीय । मधेश प्रदेशको सर्लाही जिल्लाको सदरमुकाम मलँगवा अहिले तनावग्रस्त छ । दुई समुदायबीचको पटक पटक झडप, झगडाले मलँगवा विगत ५ दिनदेखि नै तनावग्रस्त रहेको छ । यसअघि हिन्दु धर्मावलम्बीहरुले मनाउने
पूरा पढ्नुहोस्