डा. सिके राउतको चुनौतिपूर्ण भाषणले हल्लाएको यादवको सम्राज्य  

२०७९ चैत १२ आइतबार
बिहान ०८:३४ बजे
काशिन्द्र कुमार शर्मा

सम्पादकीय । निरन्तर चर्चामै रहँदै आएका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको एक भाषणले ८ जिल्ले मिनी–मधेशमा उपेन्द्र यादवको समराज्यलाई हल्लाएर राखिदिएको छ । 

२०७९ सालको प्रतिनीधिसभा चुनावमा ठुलो र फराकिलो मतान्तरले जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै नयाँ राजनीतिक शक्तिको उदयमान गरेका डा. सिके राउतले बारा जिल्लास्थित दिएको एक भाषणले ८ जिल्ले मधेशमा राजनीतिक हडकम्प मच्चाइदिएको छ । 

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट हारेका उपेन्द्र यादवले बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उप–निर्वाचनको लागि पहिलेदेखि नै तयारी थालेका हुन् । आगामी बैशाख १० गते हुने उप–निर्वाचनको लागि बारा जिल्लाको सो निर्वाचन क्षेत्रमा विभिन्न पार्टीभन्दा पनि जसपा र जनमत पार्टीका नेता कार्यकर्ताहरुले अहिलेदेखि नै अड्डा जमाइसकेका छन् । 

निर्वाचन क्षेत्र नं. २ मा केहीदिन अगाडी जनमत पार्टीको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष डा. सिके राउतले दिएको चुनौतिपूर्ण भाषणलाई जसपाका कार्यकर्ताहरुले “सुसाइड बम” बनाएर समाजिक सँजालमा ब्लास्ट गर्न थालेका छन् । चुनावी माहौलमा राजनीतिक आरोप प्रत्यारोप स्वभाविक हुन्छ तर, सोही भाषणलाई उपेन्द्र यादवका कार्यकर्ताहरुले शब्दजालमा फँसेर सहयोगीहरुलाई समेत असहयोगी क्याटेगोरीमा धकेल्न सुरु गरेको देखिएको छ । 

समाजिक सँजालमा अहिले डा. सिके राउतको भाषणले ट्रेण्ड गरिरहेको छ । भाषणमा उनले बारा निर्वाचन क्षेत्र नं. २ वासीलाई सम्बोधन गर्दै बाहिरको उम्मेदवारलाई भगाउनुपर्ने जिम्मेवारी क्षेत्रवासीको रहेको भनेर भाषण दिए, जुन राजनीतिक परिपेक्षकमा नयाँ होइनन् । यसअघि २०७४ सालको चुनावमा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लडेका सर्लाहीका राजेन्द्र महतोलाई पनि बिमलेन्द्र नीधिका कार्यकर्ताहरुले बाहिरिया उम्मेदवारलाई भगाउनुपर्छ भनेर ट्रेण्ड चलाएको थियो । 

डा. सिके राउतले दिएको चुनौतिपूर्ण भाषणले बारा निर्वाचन क्षेत्र नं. २ रामसहाय प्रसाद यादवको क्षेत्र हो । सोही क्षेत्रबाट निर्वाचित त्यहाँ यादवको सम्राज्य मानिन्छ । डा. राउतको भाषणले सो समराज्य अहिले हल्लिएको छ । सोही जिल्लाबाट मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव रहेका छन् । 

डा. राउतले आफ्नो पार्टीको पार्टी प्रवेश कार्यक्रममा दिएको भाषणमा क्लीयर भनेका छन्–“बारा जिल्लामा कोई माईका लाल छैन जो आफ्नै क्षेत्रबाट लडन सक्छ ? बारा वीरहरुको भूमि छ, यहाँ सयौँ वीरहरु छन्, बाहिरको फिरँगी उम्मेदवारलाई यहाँका वीरहरुले लखेटनुपर्छ ।” 

यही शब्द र भाषणलाई बँग्याएर जसपाका कार्यकर्ताहरुले समाजिक सँजालमा चलाएको टरेण्डले डा. सिके राउतलाई दोब्बर फाईदा भएको छ भने उपेन्द्र यादवलाई उल्टै नोक्सानी पनि भएको छ । अपेक्षाकृत फैलिन नसक्ने त्यो चुनौतिपूर्ण भाषणलाई उपेन्द्र यादवका कार्यकर्ताहरुले भाइरल बनाए । 

डा. राउतले माईका लाल भनेर गौरवान्ति तवरले प्रस्तुत हुँदै यही जिल्लाका उम्मेदवार खडा हुन सन्देश दिए । उनले साकारात्मक रुपमा बारामा वीर माईका लालहरु छन भनेर सम्बोधन गरे । बारामा नै वीर योद्धाहरु रहेको जिकिर गर्दै बाहिरका उम्मेदवारलाई मौका नदिन आग्रह गरेको भाषणलाई जसपाका कार्यकर्ताहरुले बारावासीलाई गाली गरेको भनेर भ्रम पनि फैलाए ।

भाषणमा डा. सिके राउतले बारा निर्वाचन क्षेत्र नं. २ मा बारा जिल्लाकै नेतृत्व हुनुपर्ने प्रष्टाएका छन् । भाषणअवधिमा उनले कहिँ कतै उपेन्द्र यादवको नाम लिएनन् । उनले फिरँगी भनेर शब्द प्रयोग गरेका छन् , जुन शब्दलाई उपेन्द्र यादवका कार्यकर्ताहरुले उनीमाथि नै लादिदिएका छन् । डा. राउतको निशाना अप्रत्यक्ष थियो, तर यादवका कार्यकर्ताहरुले झन प्रष्टयादिएपछि “मिशन बारा–२” पनि सुरु भएको छ । 

जसपाका कार्यकर्ताहरुले समाजिक सँजालमा सिकाउन खोजेको राजनीतिक सँस्कारलाई चौतर्फी वाच भइरहेको छ । यद्यपी, यसअघि रौतहटमा जसपाकी नेतृ रेणु यादवले दिएको अभिव्यक्ति, जसपाकी समानुपाति प्रदेश साँसद ललिता दासले दिएको अभिव्यक्ति, जसपाकै सुरेश मण्डलले दिएको अभिव्यक्तिप्रति जनमतका कार्यकर्ताहरुले चुप्पी लादेर सप्तरी २ मा चुप्पी खोलिदिए । 

संघीय सँसदमा मधेशवादीको हैसियतले उपेन्द्र यादवको उपस्थिति पनि जरुरी छ । तर, बारा २ बाट निर्वाचित भई हाल उपराष्ट्रपति बनेका रामसहाय प्रसाद यादव जस्तो सन्त नेतालाई राजनीतिक बलि दिएर आफू सँसद छिर्न खोजेको आरोप पनि समाजिक सँजालमा उत्तिकै भाइरल छ । 

सँसदमा उपेन्द्र यादव र डा. सिके राउतको उपस्थितिले मधेश नयाँ कोल्टो फेर्नेछ । उपेन्द्र यादव चुनावी प्रचार प्रसार पनि तीव्र पारेका छन् । तर, डा. सिके राउतले योजना तहत दिएको भाषणले सफलता पाउन पनि सफल भएको छ । यसले उपेन्द्र यादवका कार्यकर्ताहरुलाई ओझेलमा पार्दै गएको छ । डा. राउतले दिएको चुनौतिपूर्ण भाषणले बारा २ बाट उपेन्द्र यादवसँग लडने क्षमतावान उम्मेदवारले पनि कसरत सुरु गरिसकेका छन् । यसलाई थप उर्जा जसपाका कार्यकर्ताहरुले समाजिक सँजाल मार्फत दिन थालेका छन् । 

मधेशको सरगर्मीलाई ब्यालेन्स गर्नको लागि उपेन्द्र यादव र डा. सिके राउतबीच मोटु पत्लुको जोडीझै बन्नु पनि अनिवार्य आवश्यकता छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७९ चैत १२ आइतबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus