भारतको विधानसभा चुनावमा पाँचमध्ये तीन प्रदेशमा मोदीको पार्टी BJP को भारी बहुमत, तेलँगानामा काँग्रेस

२०८० मङ्सिर १८ सोमबार
बिहान १०:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  भारतमा विधानसभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय जनता पार्टी (भाजपा) ले तीन प्रदेशमा बहुमतको सिट ल्याएको छ ।

मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपाले बहुमत पाएको छ । तेलंगनामा भने कांग्रेसले बहुमत पाएको हो ।

सोमबार बिहानसम्म मध्यप्रदेशमा भएको २३० सिटको लडाईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले १६३ सिटमा विजयी हाँसिल गरेको छ भने निकटम प्रतिद्धन्द्धी पार्टी काँग्रेसले ६६ सिट जितेको हो । अन्य पार्टीले १ सिट जितेको हो ।

सन् २०१८ को तुलनामा भारतीय कांग्रेस यसपालि धेरै स्थानमा पछि परेको छ । भाजपाको अवस्था भने झन मजबुत हुँदै गएको देखिएको छ । भारतीय मिडियाहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताका कारण भाजपाले धेरै सिट जित्ने अवस्था देखिएको विश्लेषण गरिरहेका छन् ।

यस्तै, काँग्रेसको गढ मानिएको राजस्थान प्रदेशमा पनि मोदीको पार्टी भाजपाले कुल १९९ सिटमा ११५ सिटमा विजयी हाँसिल गरेको छ । काँग्रेसको गढ नै मानिएको राजस्थानमै काँग्रेसको हालत भने ६९ सिटमा सिमित भएको छ । । राजस्थानमा अन्य पार्टीले पनि १५ सिट जितेको हो । 

भारतको छत्तिसगढ प्रान्तमा पनि भाजपाले कुल ९० सिटमध्ये ५४ सिट भाजपाले जितेको छ भने २५ सिट काँग्रेसले जितेको हो । अन्यले एक सिट जितेको हो । 

मध्यप्रदेशमा सन् २०१८ को विधान सभा निर्वाचनमा कांग्रेसले ११४ सिट जित्दा भाजपाले जम्मा १०९ सिट जितेको थियो । अन्य दलले ७ सिट जितेका थिए । अहिले भने कांग्रेसभन्दा भाजपाको अवस्था राम्रो देखिएको छ ।

सन् २०१८ को निर्वाचनमा राजस्थानमा कांग्रेसले १०० सिट जित्दा भाजपाले जम्मा ७३ सिट जितेको थियो । २७ सिट अन्य दलले जितेका थिए । यसपाली भाजपाले ११५ सिट जितेर मजबुति देखाएका छन् । 

तेलंगनामा भने काँग्रेसले बहुमत पाएको हो । कूल ११९ सिटमध्ये कांग्रेस ६४ सिट जितेका छन् । भारत राष्ट्रिय समिति पार्टी बीआरएस ३९ सिटमा, भाजपा ८ सिटमा र अन्य दल ८ सिटमा जितेका छन् । 

तेलंगनामा सन् २०१८ मा बीआरएसले ८८ सिट जितेको थियो भने कांग्रेसले १९ र भाजपाले १ सिट मात्र जितेको थियो । पाँच वर्षको अन्तरालमा भएको निर्वाचनको प्रारम्भिक रुझान हेर्दा बीआरएसले गुमाएका सिटमा कांग्रेस र भाजपा दुवैको अवस्था सुधारिएको देखिएको छ ।

  • 25%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०८० मङ्सिर १८ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus