
न्यूज ब्यूरो, जनकपुरधाम । कमला नगरपालिका–९ अन्तर्गत दुब्बाकोट स्वास्थ्य चौकीमा थप स्वास्थ्य सेवा व्यवस्थापन गर्न माग गरिएको छ।
स्थानीयवासीहरूले नगर प्रमुखलाई बुझाएको ज्ञापनपत्रमार्फत स्वास्थ्य चौकीमा सुत्केरी हुने महिलालाई सहजता पुगोस् भनेर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर र ल्याब सञ्चालन गर्नुपर्ने माग गरेका छन्।
ज्ञापनपत्रमा भनिएको छ – “स्वास्थ्य चौकीमा आउने गर्भवती महिला, बालबालिका, वृद्ध तथा सामान्य बिरामीहरूले सहरसम्म पुगेर उपचार गर्नुपर्ने बाध्यता छ। यसले समय र खर्च दुबै बढाउँछ, जसले गर्दा स्थानीय नागरिकलाई ठूलो समस्या भोग्नु परेको छ।”
स्थानीयहरूले दुब्बाकोट स्वास्थ्य चौकीलाई प्राथमिकता दिएर तत्काल ल्याब सञ्चालन र सुत्केरी हुने सेवाको व्यवस्था मिलाउन नगरपालिकालाई अनुरोध गरेका छन्। साथै, आवश्यक स्वास्थ्य उपकरण र सुविधा व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने उनीहरूको जोड छ।
ज्ञापनपत्रमा वडा नं. ९ का पूर्व वडाअध्यक्ष धर्मनाथ मण्डल, नरहा युवा कमिटिका अध्यक्ष वीरेन्द्र मुखिया लगायत समाजसेवी, स्थानीय नेताहरू लगायतका हस्ताक्षर रहेका छन्। उनीहरूले दुब्बाकोट स्वास्थ्य चौकीलाई नारायणसरि अस्पतालको सहायक संरचना को रूपमा विकास गर्न सकिने उल्लेख गर्दै नगरपालिकाले यसमा चासो देखाउनुपर्ने माग गरेका छन्।
माग बेवास्ता भएमा नगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बाध्यता हुने स्थानीयहरुको चेतावनी समेत रहेको छ ।
धनुषाधाममा एमालेको शुभकामना आदान प्रदान, देशको परिस्थितिमाथि चर्चा
- २०८२ भदौ ९ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले धनुषाधाममा शुभकामना आदान प्रदानको साथै देशको वर्तमान परिस्थितिबारे छलफल गरेको छ । पार्टीको धनुषाधाम नगरपालिका नगर कमिटीको आयोजनामा गरिएको शुभकामना आदान प्रदान
पूरा पढ्नुहोस्