मंगलम् डायग्नोस्टिक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबीच कम मूल्यमा चेकजाँचको सम्झौता

२०८२ असोज ७ मंगलबार
बिहान ०८:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मंगलम् डायग्नोस्टिक सेन्टर प्रा. लि. र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले औपचारिक सम्झौता (MOU)  सम्पन्न भएको छ। यस सम्झौताले बीमित कर्मचारी तथा ग्राहकहरूलाई सहज र किफायती दरमा स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

सम्झौतामा मंगलम् डायग्नोस्टिक सेन्टरका प्रबन्ध निर्देशक श्री अर्थ ठाकुर र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स जनकपुर शाखाका शाखा प्रबन्धक श्री देव नारायण शाहबीच हस्ताक्षर गरिएको हो।

सम्झौता कार्यक्रममा बोल्दै ठाकुरले यस सहकार्यले स्वास्थ्य सेवा अझै सहज र पहुँचयोग्य हुने बताउनुभयो। उहाँका अनुसार, यसबाट विशेषगरी प्याथोलोजी परीक्षणहरू किफायती हुनेछन्, जसले समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ।

यस साझेदारीबाट जनकपुर तथा आसपासका क्षेत्रका सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन थप सहजता हुने विश्वास गरिएको छ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०८२ असोज ७ मंगलबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus