एसिया कप क्रिकेटमा हिन्दुस्तानले हराए पाकिस्तान, पाकिस्तानी खेलाडीसँग मिलाएनन हात

२०८२ भदौ ३० सोमबार
बिहान ०७:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । एशिया कप क्रिकेटअन्तर्गत सोमबार सम्पन्न खेलमा हिन्दुस्तानले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन मात्र बनाउन सक्यो।

पाकिस्तानका तर्फबाट साहिबजादा फरहानले ४० रन र शाहिन शाह आफ्रिदीले ३३ रन बनाए। अन्य ब्याट्सम्यानहरू नियमित अन्तरालमा आउट भएपछि टोली ठूलो स्कोर बनाउन असफल भयो।

हिन्दुस्तानका तर्फबाट कुलदीप यादवले ३ विकेट र अक्षर पटेलले २ विकेट लिए।

१२८ रनको लक्ष्य पछ्याउँदै भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। अभिषेक शर्माले १३ बलमा ३१ रन, टिलक वर्माले ३१ रन बनाए भने कप्तान सूर्यकुमार यादव ४७ रनमा अविजित रहे।

यस जितसँगै हिन्दुस्तान समूह चरणबाट सुपर–४ मा प्रवेशको सम्भावना बलियो बनाएको छ। पाकिस्तान भने कमजोर ब्याटिङका कारण दबाबमा परेको छ।

खेलको क्रममा हिन्दुस्तानी खेलाडीहरुले पाकिस्तानी खेलाडीहरुसँग हात मिलाउन मानेनन् । यसको आलोचना भइरहेको छ । 

  • 86%
  • 2%
  • 2%
  • 2%
  • 2%
  • 5%

जनकपुरः घर पसेर महिलामाथि पटक पटक जबरदस्तीको प्रयास, मिलापत्र गर्न ८ लाखको अफर गरेको आरोप

  • २०८२ भदौ ३० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । एक महिलाको घर पसेर एक युवक पटक पटक बलात्कार प्रयास गरेको आरोप लगाइएकोक छ ।  धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ६ सिरसिया टोलस्थित एक महिलामाथि सोही स्थान

पूरा पढ्नुहोस्

Bureau Menus