
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको खेलकुद परिषद् प्रशिक्षण विभागको प्रमुखमा भरत यादवलाई जिम्मेवारी दिइएको छ ।
मधेश प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालय मातहतको मधेश खेलकुद परिषद्ले यादवलाई परिषद्को तेस्रो तह (अधिकृत) मा प्रमुखको जिम्मेवारी प्रदान गरेको छ।
गत ९ गते असोजमा सम्पन्न परिषद्को बोर्ड बैठकको निर्णय अनुसार यादवलाई मधेश खेलकुद परिषद्, जनकपुरधामको कामकाजको प्रमुखको जिम्मेवारी तोकिएको परिषद्को पत्रमा उल्लेख गरिएको छ।
परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले हस्ताक्षर गरी जारी गरेको पत्रमा, परिषद्को सिँढीमा रहेका अन्य कर्मचारीहरूसँग सहकार्य गर्दै काम गर्ने अपेक्षा समेत गरिएको छ।
यस निर्णयको प्रतिलिपि खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेश जनकपुरधाम र राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वर काठमाडौंमा पठाइएको छ।
जनमतबाट फुटेका जनस्वराज पार्टी दर्ता नगर्न सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश
- २०८२ असोज १३ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । सर्वोच्च अदालतले डा। सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद
पूरा पढ्नुहोस्