
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा टिकटोकरहरुको हर्कतले दर्शनार्थीहरुलाई सास्ती भोग्नु परेको छ ।
दशैँभरि उत्साह र श्रद्धापूर्वक दर्शन गर्न जाने दर्शनार्थीहरुलाई मन्दिरको प्राँगनमा टिकटोकरहरुको गतिविधिले दर्शनार्थीहरुलाई सास्ती भोग्नु परेको जनगुनासो बढेको छ ।
साँझ परेपछि विभिन्न स्थानबाटहरु आउने टिकटोकरहरुले मन्दिरको पूजा प्राँगनमै अभद्र तरिकाले नाच्ने, भिडियो बनाउन गरिने गतिविधिले दर्शनार्थीहरुलाई दुःख दिन थालेको गुनासो बढेको छ ।
अभद्र गीतहरुमा टिकटोक बनाउने, झिझिया सँस्कृतिको मानमर्दन हुने गरी गैर–धार्मिक गीतहरुमा टिकटोक बनाउने, दर्शनार्थीहरुको बीचमा गएर जहाँ पाए त्यहीँ नाच्न थालेपछि दर्शनार्थीहरुले लज्जा महसुस गरेको एक दर्शनार्थी पण्डाल बाहिर गुनासो गरे ।
मन्दिरमा दर्शन पूजाका लागि गएका जनकपुर २ का ऋषि ठाकुरले मन्दिर प्राँगनमा दीप प्रज्जवलन हुने ठाउँमा, पूजाआजाको ठाउँमा समेत केही टिकटोकियाहरुले अभद्र गतिविधि गरेको आरोप लगाए ।
मन्दिर प्रशासन र आयोजक महावीर युवा कमिटिको कमजोरी र खुकुलो व्यवस्थापनको कारण मन्दिरको मौलिक सँस्कृतिमाथि प्रहार भएको श्रद्धालुहरुको गुनासो छ । दशैँभरि केही टिकटोकहरुले मन्दिरभित्र मजाकझैँ बनाएको दुःखेसो जनकपुर ४ की रमणी देवीले गरिन् ।
अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?
- २०८२ असोज ८ बुधबार
न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ । महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु
पूरा पढ्नुहोस्