झिझिया नाच हेर्न गएका दुई युवकको मोसा दुर्घटनामा मृत्यू, एकको अवस्था गम्भिर !

२०८२ असोज १० शुक्रबार
बिहान ०७:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा झिझिया नाच हेर्न जाँदै गर्दा दुई जना युवकको मृत्यू भएको छ । नाच हेर्न जाँदै गर्दा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको हो । 

धनुषाको कमला नगरपालिका वडा नं. २ माचि र वडा नं. ३ लगमाको बीचमा रहेको खोक्साहा पुलस्थित मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यू भएको छ भने एक जनाको अवस्था गम्भिर रहेको छ । मोटरसाईकलमा तीन जना सवार रहेका थिए । 

विहिबार राती करिब १०ः३० बजेको समयमा कमला नगरपालिका ३ लगमा बजारस्थित आयोजन हुँदै आएको झिझिया नाच हेर्नको लागि धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ५ बनरझुलाबाट भारतीय नम्बर प्लेट BR 32A S7988  नम्बरको हिरो स्पेलेण्डर मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । 

मृत्यू हुनेमा जनकनन्दिनी गाउँपालिका वडा नं. ५ बनरझुला बस्ने स्थानीय विक्रम यादवको १८ बर्षिय अमित यादव र सोही स्थान बस्ने डोमा महतोको १७ बर्षिय छोरा राहुल महतोको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । 

सो दुर्घटनामा सोही स्थान सोही स्थान बस्ने देव मिश्रका १६ बर्षिय छोरा कुश मिश्र गम्भिर घाईते भएका छन् । उनको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ । 

मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ओभर स्पीडले हुलाकी राजमार्ग अन्तर्गत माचि र लगमाबीचको घुमाउरोस्थित अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

मृतकहरुको शव पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल पठाएको हो । पोष्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइने भएको छ । 

दशैँमा विभिन्न गाउँमा हुने आँरकेष्ट्रा टाईप स्टेज झिझिया हेर्न विभिन्न गाउँबाट युवकहरु जाने गरेका छन् । मौजमस्ती, युवति जिस्काउने जस्ता कार्यको लागि खास एक गाउँबाट अर्को गाउँमा जाने गरेको पाईन्छ । यसले प्रत्येक बर्ष विभिन्न ठाउँमा दुर्घटना निम्त्याउने गरिएको छ । प्रायः यो अहिले हरेक गाउँमा हुन थालेको छ । यसलाई विकृतिको रुपमा लिइएको छ । 
 

  • 0%
  • 0%
  • 0%
  • 4%
  • 94%
  • 0%

घर घर कमला अभियान अन्तर्गत लगमा बजारमा भव्य कमला आरती र जागरण 

  • २०८२ असोज १० शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  घर घर कमला अभियान अन्तर्गत शुक्रबार कमला नगरपालिका वडा नं. ३ लगमा बजारस्थित भव्य कमला आरती गरिएको छ ।  कमला बचाउ अभियानको आयोजन तथा लगमा ग्रामवासीको सहकार्यमा

पूरा पढ्नुहोस्

Bureau Menus