जनकपुरको राजदेवीमा झुला भाँचिदा यी दुई युवाको सुझबुझले टरेको संकट !

२०८२ असोज ११ शनिबार
रति ८:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । शुक्रबार साँझको जनकपुर, रमाइलो मेलाको भीड । मेलाको बीचमा ठडिएको विशाल रोटे पिङ, जसमा ५६ जना रमाइरहेका थिए । अचानक पिङको घुमाइ रोकियो, ठाडो र तार झुण्डिएका ठूला बास्केटहरू हल्लिँदै अड्किए । तल भीडको मुहारमा डर, बालबालिकाको रुवाइ, अभिभावकको कराइ – एकैछिनमा मेलाको माहोल त्रासमा बदलियो ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महावीर युवा समितिका पदाधिकारी दौडिन थाले । “सधैंको जस्तो पिङ बिग्रियो तर यति ठूलो भीड अड्किएको देख्दा मन अत्तालियो,” महावीर युवा समितिका एक सदस्य भन्छन् । सुरुमा दमकल र डोजर प्रयोग गरेर उद्धार गर्ने प्रयास भयो, तर सम्भव भएन । सबैजना अर्धविक्षिप्तझैं, अब के गर्ने ?

यही बेला भीडको भित्रबाट २७ वर्षीय राकेश विक्रम साह अघि बढ्छन् । उनले स्थिति नियाल्दै भने, “यसरी त निकाल्न सकिँदैन, क्रेन चाहिन्छ ” उनलाई मुजेलियामा ठूला संरचना बनाउन प्रयोग भएको क्रेन सम्झियो । उनले तुरुन्तै त्यहाँका अनिकेत रूङटालाई फोन गरे ।

रूङटा केवल व्यवसायी मात्र होइन, मारवाडी युवा मञ्चका महासचिव पनि हुन् । साहको फोन सुनेर उनी ढिला नगरी क्रेनसहितको टोली पठाउने निर्णय गर्छन् । “त्यस्तो बेला स्रोत–साधन चलाउन सक्नु नै ठूलो कुरा हो,” घटनास्थलका एक प्रत्यक्षदर्शी भन्छन् ।

थोरै समयमै क्रेन घटनास्थलमा पुग्छ । उद्धारकर्ताहरूले श्वास फेर्ने मौका पाउँछन् । क्रेनको सहयोगमा एक–एक गरेर पिङमा अड्किएका सबै यात्रुहरूलाई तल उतारिन्छ । भीडको तालि र चिच्याहटमा डर फेरि राहतमा बदलिन्छ ।

यो मात्र एक उद्धारको कथा होइन । यो हो समाजमा सजग, जिम्मेवार र नेतृत्व क्षमतायुक्त युवाहरूको शक्ति देखाउने उदाहरण हुनः राकेश विक्रम साहको सजगता, तुरुन्त निर्णय लिन सक्ने क्षमता र अनिकेत रूङटाको स्रोत–साधन परिचालन गर्ने तत्परता – यी दुवै युवाको योगदानले एउटा सम्भावित ठूलो दुर्घटना टारियो ।

त्यस दिन मेलाको भीडमा उभिएका सयौँले प्रत्यक्ष देखे – हिम्मत, नेतृत्व र सहकार्यले ज्यान बचाउन सकिन्छ । सरकारी निकायसँगै समाजका सचेत नागरिकले मिलेर संकटको घडीमा पनि चमत्कार गर्न सकिन्छ ।

जनकपुरको यो घटना हरेक युवाको लागि एउटा सन्देश हो – संकटको घडीमा जिम्मेवारी र सहकार्यको भावना जाग्दा मात्र समाज सुरक्षित हुन्छ, र यस्तो योगदानले नै युवाहरूलाई सच्चा सामाजिक नायक बनाउँछ ।

  • 95%
  • 0%
  • 3%
  • 0%
  • 0%
  • 0%

समाजिक सँजालहरुमा नेपो बेबिजपछि 'Jholey' ट्रेण्ड !

  • २०८२ असोज ११ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । सामाजिक सञ्जालमा ‘झोले’ ट्रेन्ड सुरु भएको छ । राजनीतिक दलका नेताहरूसँग फोटो-भिडिओ खिच्ने व्यक्तिलाई लक्षित गर्दै फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका प्लेटफर्ममा यस्तो ट्रेन्ड सुरु गरिएको हो

पूरा पढ्नुहोस्

Bureau Menus