
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बोकाबलीको लागि रसिद कटाई सुरु भएको छ ।
गुठी सँस्थान जनकपुर अन्तर्गत रहेको राजदेवी मन्दिरमा बोकावलीको लागि बोकाको टाउको वापत प्रत्येक बर्ष सहयोग शुल्क लिँदै आएको छ । यसपाली पनि सहयोग शुल्क प्रति टाउको रु. ३०० रुपैयाँ तोकिएको आयोजक महावीर युवा कमिटिले जनाएको छ ।
महावीर युवा कमिटीका अध्यक्ष दिपक कुमार साह (मिन्टु) का अनुसार, यसपाली पनि महाष्टमी तिथि मँगलबारको बेलुकी ८ बजेदेखि बोकावली कार्यक्रम सुरु हुनेछ । यसपाली १२ हजार बढी बोकाबलीको अनुमान उनले गरे ।
राजदेवी मन्दिरमा असोज १३ गते फूलपाती मनाइने भएको छ । सोही सोमबारकै दिन भव्य श्रृँगार एवम् महाआरती हुनेछ भने राती १२ः०० बजेदेखि नै प्रसाद चढाई कार्यक्रम सुरु हुनेछ । अध्यक्ष साहका अनुसार, प्रसाद जहिले पनि चढाउन मिल्छन्, तर दशैँमा भीड भडाका नहोस भनेर एक दिन तोकिएर व्यवस्थापन मात्रै गरेको बताए ।
यस्तै, अशोज १४ गते महाअष्टमी मनाएपछि भोलीपल्ट अशोज १५ गते बुधबार बिहान ७ बजे सरफाई कार्यक्रम राखिएको छ । बोकाको रगतले रक्ताम्य हुने राजदेवी मन्दिर परिसर र सडक सफाईको कार्यक्रम राखिएको हो ।
विहिबार अशोज १६ गते कन्या भोजन, बिहान ८ बजे टिका लगाउने कार्यक्रम, दिउँसो २ बजे विजयी जुलुस र साँझ ७ बजे धनुषसागरमा रावण वधको कार्यक्रम राखिएको हो । सोही दिन राती ८ बजे राजदेवीको महाप्रसाद वितरण हुनेछ ।
धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार
- २०८२ असोज ८ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ
पूरा पढ्नुहोस्