धनुषामा इन्स्पेक्टर जटाशंकर यादव ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा

२०८२ असोज ६ सोमबार
रति ८:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले इन्स्पेक्टर जटाशंकर यादवलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ। ढल्केवरस्थित प्रहरी कार्यालयमा कार्यरत यादवलाई अपराध नियन्त्रणमा सक्रिय योगदानका साथै संवेदनशील समयमा कार्यालयको सुरक्षा सुनिश्चित गरेको र फरार रहेका कैदीहरूलाई पक्राउ गरी न्यायको दायरामा ल्याउने उल्लेखनीय कार्यको मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो।

प्रहरी स्रोतका अनुसार इन्स्पेक्टर यादवले पछिल्ला महिनाहरूमा जिल्लाभित्र बढ्दै गएको आपराधिक गतिविधि नियन्त्रणमा प्रभावकारी कदम चालेका थिए। जेनजी आन्दोलनका क्रममा कार्यालय तथा प्रहरीहरूलाई सुरक्षित राख्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। त्यसैगरी, विभिन्न कारणले भागेका पाँच जना कैदीलाई समेत उनले आफ्नो टोलीमार्फत नियन्त्रणमा लिई कानुनी दायरामा ल्याएका थिए, जसले अपराध नियन्त्रणमा प्रहरीको सक्रियता देखाएको छ।

प्रहरी कार्यालयका अधिकारीहरूले यादवको यो पहल र सक्रियतालाई ‘उदाहरणीय’ भन्दै प्रशंसा गरेका छन्। उनीहरूले महिनाको उत्कृष्ट प्रहरी चयनको मापदण्डमा अपराध नियन्त्रण, संवेदनशील घटनामा नेतृत्वदायी भूमिका, समाजमा शान्ति-सुरक्षाको प्रत्याभूति र प्रहरी संगठनको छवि उकास्ने कामलाई प्राथमिकतामा राखिएको बताएका छन्।

इन्स्पेक्टर यादवले सम्मान पाएपछि आफ्नो प्रतिक्रिया दिँदै भने, “यो पुरस्कार व्यक्तिगत मात्र होइन, मेरो सम्पूर्ण टोलीको मेहनतको परिणाम हो। अपराध नियन्त्रण र समाजमा शान्ति-सुरक्षा कायम राख्न अझै प्रभावकारी रुपमा काम गर्ने प्रेरणा पाएको छु।”

स्थानीय बासिन्दाहरूले पनि यादवको सक्रियताप्रति खुसी व्यक्त गरेका छन्। उनीहरूले अपराध नियन्त्रणमा प्रहरीको तत्कालीन सक्रियता र सार्वजनिक सुरक्षामा देखाएको जिम्मेवारीलाई प्रशंसनीय भनेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले नियमित रूपमा प्रहरीको कार्यसम्पादन मूल्याङ्कन गरी उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ। यसले संगठनभित्र प्रतिस्पर्धात्मक भावना बढाउनुका साथै जनताको सुरक्षामा अझ प्रभावकारी सेवा पुर्‍याउन प्रहरीहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८२ असोज ६ सोमबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus