
न्यूज ब्यूरो, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्य सम्पादन गर्दै आएका प्रहरी प्रवक्ता बीरेन्द्र कुमार पासवानको सरुवा भएपछि विदाई गरिएको छ ।
प्रहरी हेडक्वाटरले नियमित सरुवा अन्तर्गत डिएसपी पासवानलाई जनकपुरधाम पठाएको हो । उनको सरुवा भएपछि शुक्रबार एक कार्यक्रमबीच सिरहाबाट विदाई गरिएको छ ।
सिरहामा रहँदा सुरक्षाको प्रत्याभूति दिएको, तस्करी न्यून गरेको, लागुऔषध जस्ता समाजिक अपराधका कार्यहरु न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै समाजसेवी, सँचारकर्मीहरुले उनलाई विदाई गर्न जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका थिए । पासवानको एक समारोहबीच भव्य विदाई गरेको हो ।
सिरहामा रहँदा पासवानले अपराध नियन्त्रण, शान्ति–सुरक्षा र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई प्राथमिकता दिएको तथा विशेष गरी सामान्य घटनाबाट लिएर ठूला आपराधिक मुद्दासम्म उनले जनताको पक्षमा उभिएको छवि बनाउन सफल बनाएको भन्दै संचारकर्मीहरुले प्रशँसा गरेका थिए ।
सडक सुरक्षाबारे जनचेतना अभियानदेखि आपराधिक गिरोह नियन्त्रणसम्म, उनको नेतृत्वमा प्रहरीले उत्तम कार्य सम्पादन गरेको राजनीतिकर्मी, समाजिक अगुवाहरुको भनाई थियो । समुदायसँग सहकार्य गर्दै अपराध नियन्त्रणमा देखाएको सक्रियताका कारण नै उनलाई “जनताको डिएसपी” को रुपमा स्मरण गरिने बताइएको छ ।
उनको सरुवासँगै स्थानीयवासीले सिरहामा देखाएको सक्रियता र इमानदारितालाई अन्य जिम्मेवारीमा पनि निरन्तरता दिने अपेक्षा संचारकर्मीहरुले राखे ।
समाजिक सँजालहरुमा नेपो बेबिजपछि 'Jholey' ट्रेण्ड !
- २०८२ असोज ३ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । सामाजिक सञ्जालमा ‘झोले’ ट्रेन्ड सुरु भएको छ । राजनीतिक दलका नेताहरूसँग फोटो-भिडिओ खिच्ने व्यक्तिलाई लक्षित गर्दै फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका प्लेटफर्ममा यस्तो ट्रेन्ड सुरु गरिएको हो
पूरा पढ्नुहोस्