प्रमुख १० शहरका सावर्जनिक ठाउँमा निःशुल्क वाईफाई दिने सूचनामन्त्री खरेलको घोषणा

२०८२ असोज ६ सोमबार
बेलुकी ७:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले देशमा १० सहरका सार्वजनिक स्थानमा निस्शुल्क वाइफाइ व्यवस्था गरिने बताएका छन्।

राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेपछि मन्त्री खरेलले काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा निस्शुल्क वाइफाइ व्यवस्था गर्ने निर्णय गरेका हुन्। उनले यो काम ५ महिनाभित्र गरिने बताएका छन्।

उनले धुलो र खरानी टक्टक्याएर अघि बढ्ने पनि बताए। साथै उनले कर्मचारीलाई कुनै दबाब नदिने र हस्तक्षेप नगर्ने बताए । कर्मचारीले राजनीतिक दल र नेताको हस्तक्षेपबिना स्वतन्त्र रूपमा काम गर्न पाए अब्बल काम गर्न सक्ने विश्वास उनको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सबैला नगरपालिकाले किने किसानको लागि तिनवटा आधुनिक मेसिन

  • २०८२ असोज ६ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  सबैला नगरपालिकाले प्रविधिमैत्री कृषि प्रवर्धन गर्दै तीनवटा आधुनिक कृषि यन्त्र खरिद, किसानलाई छिटै सुलभ दरमा उपलब्ध गराइने धनुषाको सबैला नगरपालिकाले कृषिमा प्रविधिको प्रयोग बढाउँदै तीनवटा अत्याधुनिक कृषि

पूरा पढ्नुहोस्

Bureau Menus