धनुषामा एक पुरुष मृत अवस्थामा फेला, अझै खुलेन पहिचान

२०८२ असोज २१ मंगलबार
बिहान ०८:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ८ लबटोली गोठटोलमा एक अज्ञात पुरुष मृतावस्थामा फेला परेका छन्। 

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार आइतबार उक्त पुरुषको शव कृषि फर्मको पर्खालदेखि करिब पाँच फिट पश्चिमतर्फ रहेको धानखेतको कुलोमा बगिरहेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।

प्रहरीले तत्काल नाम, थर र वतन नखुलेको करिब ४० देखि ४५ वर्ष उमेर समूहको पुरुषको शव फेला परेको जनाएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का गरी शवलाई जनकपुरधामस्थित प्रदेश अस्पतालको शवगृहमा पोष्टमार्टमका लागि पठाएको छ। मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ।

“हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन,” प्रहरी निरीक्षक यादवले बताए, “यदि कसैले मृतकलाई चिनेका वा पहिचान गर्न सक्ने भए तत्काल इलाका प्रहरी कार्यालय ढल्केवरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८२ असोज २१ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus