
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको झिटकहियास्थित विगत ४ बर्षदेखि बेकामे बेवारिसे रहेको पोखरी युवाहरु मिलेर सफाई गरी सँचालनमा ल्याएका छन् ।
धनुषाको औरही गाउँपालिका वडा नं. १ झिटकहियास्थित रहेको सार्वजनिक पोखरी विगत ४ बर्षदेखि सफाईको अभावमा बेवारिसे रहँदै आएको थियो ।
झिटकहिया युवा संगठनले ३ सातामा सफाई गरी ठेक्का लगाउने तयारी गरिएको हो । प्रत्येक शनिबार सफाई कार्यक्रम राखी तेसे सातामा सफाई सम्पन्न गरेको हो ।
स्थानीय अगुवा रुपेश यादवको नेतृत्वमा भएको सफाईमा गाउँकै युवाहरुले सफाईको लागि अग्रसर भएका थिए । जनप्रतिनीधिको प्रतिक्षा नगरी उनीहरुले आफ्नो गाउँ आफैँ बनाउनुपर्छ धारणासहित सफाई कार्यक्रम गरेको हो ।

जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८२ असोज २५ शनिबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्