
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषमा गएराती करेन्ट लागेर एक जना पुरुषको मृत्यू भएको छ । विदेह नगरपालिका वडा नं. २ दुहबी बस्ने स्थानीय ५५ बर्षिय हरि पण्डितको करेन्ट लागेर मृत्यू भएको हो ।
गएराती करिब १०ः३० बजेको समयमा सुत्न जाँदै गर्दा फलामे गेटमा करेन्ट प्रवाह भई मृत्यू भएको हो । करेन्ट लागेपछि गम्भिर घाईते भएका पण्डितलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।
जन्मजात फरक क्षमता (अपाँग) रहँदै आएका पण्डितले राती सुत्ने बेलामा मुख्यद्धारा (मेनगेट) बन्द गर्न खोजेका थिए । घरमा बिजुलीको तार कट भई करेन्ट प्रवाह भएको थियो ।
उनी जन्मजात अपाँग रहेकोले बालबालिकाहरुलाई ट्युशन पढाएर जिविका गुजारा गर्दै आएका थिए । एक छोरा र एक छोरी पण्डितको रहेको छ । उनको मृत्यूपछि श्रीमति अचेत अवस्थामा रहेकी छन् । छोरा विदेश छन् भने छोरी बिहे गरी ससुरामा छिन् ।
मृतकको शवको पोष्टमार्टम प्रादेशिक अस्पतालमा भईरहेको छ । पोष्टमार्टमपछि उनको शव परिवारजनलाई जिम्मा दिइने जनाइएको छ ।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८२ असोज २१ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्