Close This

जनकपुरः सरस्वति पूजामा विद्यालयले तोकेकै ड्रेसमै जानुपर्ने

२०८२ पौष २९ मंगलबार
बेलुकी ६:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम। आउँदो सरस्वती पूजाका अवसरमा विद्यार्थीहरू अनिवार्य रूपमा विद्यालयले तोकेको निर्धारित पोसाकमै सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ। एन–प्याब्सन जनकपुरधामले एक सूचना जारी गर्दै सरस्वती पूजाका नाममा नयाँ पोसाक खरिद नगर्न विद्यालय तथा अभिभावकहरूलाई अनुरोध गरेको छ।

एन–प्याब्सन जनकपुरधामका अध्यक्ष दिपक कु। ठाकुरले सरस्वती पूजाको बहानामा पछिल्लो समय देखिन थालेका विकृति, अनुशासनहीनता तथा अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले विद्यार्थीहरूको आवागमन समय स्पष्ट र सुनिश्चित गर्न विद्यालयसँग समन्वय गर्न अभिभावकहरूलाई आग्रह गरेका छन्।

संस्थाले जारी गरेको सूचनामा विद्यार्थीहरू कति बजे विद्यालय प्रस्थान गर्ने र कति बजे घर फर्किने भन्ने विषयमा स्पष्टता नहुँदा विभिन्न नकारात्मक गतिविधि बढ्ने गरेको उल्लेख गरिएको छ। यस्ता गतिविधिले शैक्षिक वातावरणमा प्रतिकूल असर पार्ने भएकाले समय व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने एन–प्याब्सनको भनाइ छ।

एन–प्याब्सन जनकपुरधामले सरस्वती पूजालाई शैक्षिक मर्यादा, संस्कार र अनुशासनको दायराभित्र सीमित राख्नु सबै सरोकारवाला पक्षको साझा जिम्मेवारी भएको जनाएको छ। विद्यालय, अभिभावक तथा समुदायबीचको सहकार्य बिना चाडपर्वलाई अनुशासित र मर्यादित रूपमा सम्पन्न गर्न नसकिने उल्लेख गर्दै संस्थाले सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

अब मलको कालोबजारी गर्ने सँस्थाको लाईसेन्स खारेज हुने

  • २०८२ पौष २९ मंगलबार

न्यूज ब्यूरो, काठमान्डौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई रासायनिक मलको सहज पहुँच पु¥याउने उद्देश्यले नयाँ तथा कडा व्यवस्था सहित कार्यविधि ल्याएको छ ।  कृषिमन्त्री गीता चौधरीले ‘अनुदानको मल वितरण

पूरा पढ्नुहोस्

Bureau Menus